• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

महाधिवेशनको सन्देश जनतामाझ पुर्‍याउन गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
महाधिवेशनको सन्देश जनतामाझ पुर्‍याउन गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान
0
SHARES
0
VIEWS

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम जनतामाझ पुर्‍याउन मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको आगामी चार वर्षको कार्ययोजना तयार गरी निश्चित कार्यतालिकाअनुसार संगठन सञ्चालन गरिने बताए।

उनका अनुसार महाधिवेशनबाट पारित नीति, संगठन सुधारका प्रस्ताव र कार्यक्रमलाई समेटेर एकीकृत कार्ययोजना बनाइनेछ। पार्टी केन्द्रीय कार्यालयले तयार गर्ने उक्त कार्ययोजना आगामी बैठकमा प्रस्तुत गरिने उनले जानकारी दिए।

सभापति थापाले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम पार्टीका नेता–कार्यकर्ता मात्र नभई आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिए। वडा तहका सदस्यदेखि पार्टीका समर्थक र सर्वसाधारणलाई समेत कांग्रेसले लिएका नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

‘कांग्रेस तयार छ’ अभियानमार्फत महाधिवेशनका निर्णयलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नुका साथै मुलुकका विद्यमान समस्या समाधान र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न पार्टी तयार रहेको सन्देश प्रवाह गरिने उनले बताए।

थापाले पार्टी अब आत्मसमीक्षा र आत्मालोचनामा मात्र सीमित नरही जिम्मेवारी निर्वाह गर्दै अघि बढ्नुपर्ने धारणा राखे। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय राजनीतिक शक्तिका रूपमा कांग्रेसले खेल्नुपर्ने भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो,’ उनले भने, ‘कांग्रेसले अब जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेछ। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न तयार छ।’

मंसिरमा सञ्चालन हुने अभियानको विस्तृत कार्ययोजना पार्टी कार्यालयले तयार गर्नेछ। अभियानको सैद्धान्तिक पक्ष केन्द्रीय कार्यसमितिको बैठकबाट पारित भएपछि अन्य तयारी अघि बढाइने सभापति थापाले जानकारी दिए।

अभियानमार्फत महाधिवेशनबाट आएको नयाँ नेतृत्वले पार्टीको नीति, संगठन र कार्यशैलीमा गर्न चाहेको परिवर्तनबारे नागरिकलाई जानकारी गराउने कांग्रेसको तयारी छ।

Previous Post

सिंहदरबारमा सभामुख अर्यालसँग २० मिनेट भेटेर फर्किए रवि लामिछाने

Next Post

विपद् प्रभावितको पुनर्स्थापनाका लागि जग्गा व्यवस्थापन प्रक्रिया सहज बनाउने तयारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav