चीनमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य प्रस्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।
चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् ।
उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् । पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोग गरी रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए ।
एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ ।
