• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने
0
SHARES
0
VIEWS

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ। शनिबार राजधानीमा आयोजना हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को समारोहमा सिंहलाई उपाधि प्रदान गर्न लागिएको हो।

नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन्।

सशक्त अभिनय, विशिष्ट व्यक्तित्व र दर्शकमाझ स्थापित पहिचानका कारण उनले नेपाली फिल्म क्षेत्रमा विशेष स्थान बनाएकी छन्।

सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छे, ठुलदाई, बन्धकी, चाँदनी, को आफ्नो को विरानो, नाता रगतको, खानदान, दाल भात तरकारी र ३६ को आँकडालगायत दर्जनौँ फिल्ममा अभिनय गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरेकी थिइन्।

अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक वंशको शीर्षगीतमा स्वर दिएकी थिइन्। उनले दीपशिखा नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।

फिल्म क्षेत्रबाट केही समय विश्राम लिएर भारतको मुम्बईमा बसोबास गर्दै आएकी सिंहले सन् २०१९ मा मह जोडीको फिल्म दाल भात तरकारीमार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएकी सिंहलाई नेपाल सरकारले सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो।

नेपाली फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मान गर्न लागिएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले बताएका छन्। यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वर्ल्डबाट सम्मानित गरिएको थियो।

यसैबीच, ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम स्पर्धामा सहभागी हुन मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न स्यामी तीनदिने भ्रमणका लागि शुक्रबार दिउँसो काठमाडौं आउँदैछिन्। आयोजक शिला बास्तोलाका अनुसार थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन्।

प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा सक्रिय महिलाहरूको सहभागिताले प्रतियोगितालाई विविधतापूर्ण बनाएको छ। प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्डकी विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

Previous Post

मिसेस वर्ल्ड श्रीदाकेत आज नेपाल आउँदै

Next Post

सातै प्रदेशमा वर्षा, तर चक्रवात ‘अर्नब’ को प्रभाव बागमती, मधेश र कोशीमा मात्र

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav