• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह
0
SHARES
0
VIEWS

काठमाडौं, १३ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण आज कात्तिक १२ गतेदेखि आगामी कात्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अवधिमा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनेछ भने विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।

कृषि र जनजीवनमा पर्ने प्रभावबारे:

कृषि कार्य: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा समेत भारी वर्षा र हिमपातको सम्भावना रहेकाले धानबाली भित्र्याउनेलगायतका महत्त्वपूर्ण कृषि कार्यहरू बिहीबार अगाडि नै सम्पन्न गर्न कृषकहरूलाई आग्रह गरिएको बताएको छ।

पहाडी तथा हिमाली क्षेत्रका पर्यटकहरूका लागि: उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी (Blizzard) तथा हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। पर्यटकहरूलाई तत्काल उच्च हिमाली भूभागमा नजान र यदि गइसकेको भए सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताएको छ।

दैनिक जनजीवन र यातायात: मौसममा हुने अचानकको फेरबदलका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको छ।

यस विषम मौसमबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन आवश्यक पूर्वतयारी गर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूमा महाशाखाले जोडदार अपिल गरेको छ।

 

 

Previous Post

सिँचाइ विभागका महानिर्देशक र सुनकोशी–मरिण आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

Next Post

नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा कांग्रेस

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav