प्रहरीका अनुसार विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी सञ्चालन गर्ने तथा अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
प्रारम्भिक अनुसन्धानबाट यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
उनलाई अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
