• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले दुर्घटनाको जोखिम उच्चः प्रधानसेनापति सिग्देल

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले दुर्घटनाको जोखिम उच्चः प्रधानसेनापति सिग्देल
0
SHARES
0
VIEWS

व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताएका छन्।

शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताए।

ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएमा उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

उनले ड्रोन र हेलिकप्टर आपसमा ठोक्किने वा दुईवटा हेलिकप्टरबीच नै दुर्घटना हुनसक्ने जोखिम रहेको उल्लेख गरे। विपद्का बेला प्रभावकारी हवाई क्षेत्र व्यवस्थापन नहुँदा अर्को दुर्घटना निम्तिन सक्ने त्राससमेत रहेको उनले बताए।

सिग्देलले बैठकमा भने, ‘ड्रोन र हेलिकप्टरबीच उचित सञ्चार तथा हवाई क्षेत्र व्यवस्थापन नहुँदा आपसमा ठोक्किने जोखिम अत्यन्तै उच्च थियो। यसले उद्धार कार्यकै क्रममा अर्को दुर्घटना निम्तिन सक्ने त्रास सिर्जना गरेको थियो। त्यसैले उद्धारका क्रममा प्रभावकारी हवाई समन्वय र एयरस्पेस व्यवस्थापन आवश्यक देखियो।’

विपद्का समयमा अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायहरूबीच पर्याप्त सञ्चार र समन्वय नहुँदा उद्धार उडानहरू निकै जोखिमपूर्ण बन्दै गएको बैठकमा औँल्याइएको छ।

विशेषगरी उद्धार क्षेत्रमा अनुमतिबिना वा जथाभावी उडाइने ड्रोनका कारण हेलिकप्टर चालकहरूले गम्भीर सुरक्षा चुनौती सामना गर्नुपरेको विषय बैठकमा प्रमुखताका साथ उठेको थियो।

छलफलका क्रममा ड्रोन पाइलट र उद्धारमा संलग्न हेलिकप्टरका पाइलटहरूबीच प्रत्यक्ष सञ्चार सम्पर्क नहुँदा आकाशमै ठोक्किने उच्च जोखिम रहेको उल्लेख गरिएको थियो।

उद्धार कार्यमा खटिएका अधिकांश हेलिकप्टर एउटै क्षेत्रमा केन्द्रित हुँदा प्रभावकारी एयरस्पेस व्यवस्थापनको अभावमा आकाशमै हवाई साधनहरू ठोक्किएर उद्धारस्थलमै अर्को ठूलो मानवीय विपद् सिर्जना हुनसक्ने त्रास सुरक्षाकर्मीहरूमा रहेको पनि प्रधानसेनापति सिग्देलले बताए।

 

Previous Post

२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

Next Post

गुलशन कुमार हत्यादेखि सलमान खानमाथिको धम्कीसम्म : बलिउड र अन्डरवर्ल्डको पुरानो सम्बन्ध फेरि चर्चामा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav