• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रममा करोडौँ रुपैयाँ

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रममा करोडौँ रुपैयाँ
0
SHARES
0
VIEWS

प्रयागराज, १२ कात्तिक । भारतको मेरठमा नीलो ड्रममा शव लुकाइएको घटनाले चर्चा पाएको केही समयपछि उत्तर प्रदेशकै प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रमभित्र ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला परेको छ।

प्रयागराजको नवाबगञ्ज थाना क्षेत्रअन्तर्गत बरईपुर रामनगर गाउँमा प्रहरीले एक घरमा छापा मार्ने क्रममा जमिनमुनि गाडिएका ती ड्रमहरू बरामद गरेको हो। ड्रम खोलेर हेर्दा भित्र पाँच सय रुपैयाँका नोटका सयौँ बन्डल भेटिएका थिए। बरामद रकम चारदेखि पाँच करोड भारतीय रुपैयाँसम्म हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्राप्त विवरणअनुसार बुधबार साँझ मुम्बई र प्रयागराज प्रहरीको संयुक्त टोलीले राजेश यादव र राकेश यादव (उर्फ महाकाल) को घर घेराउ गरी तलासी लिएको थियो। त्यस क्रममा घरको एउटा कोठाको भुइँ खनेर गाडिएको अवस्थामा तीनवटा नीलो ड्रम निकालिएको थियो।

ड्रमभित्र ठूलो परिमाणमा नगद भेटिएपछि गाउँमा खैलाबैला मच्चिएको छ। घटनाबारे जानकारी पाएसँगै अतिरिक्त प्रहरी उपायुक्त (एडीसीपी) पुष्कर वर्मासहितका अधिकारीहरू घटनास्थल पुगेका थिए। प्रहरीले यस घटनामा संलग्न हुन सक्ने आशङ्कामा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रारम्भिक जानकारीअनुसार मुम्बईमा भएको एक आपराधिक घटनाका आरोपी राकेश यादवलाई पक्राउ गर्न र घटनासँग सम्बन्धित प्रमाण जुटाउन मुम्बई प्रहरी प्रयागराज पुगेको थियो। सोही क्रममा घरको तलासी लिँदा जमिनमुनि गाडिएका ड्रममा नगद फेला परेको हो।

स्थानीय बासिन्दाका अनुसार राजेश यादवका भाइ बबलु यादव विगत केही वर्षदेखि भारतको पुणेमा बस्दै आएका थिए। सन् २०२० मा कोभिड–१९ महामारीका कारण लकडाउन भएपछि उनी गाउँ फर्किएका थिए। त्यसबेला उनीसँगै दुई जना ज्वाइँ र एक जना साढूसमेत गाउँ आएको स्थानीयको भनाइ छ।

बरामद गरिएको रकम उनीहरूमार्फत नै गाउँ ल्याइएको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि, रकमको वास्तविक स्रोत, त्यसको स्वामित्व तथा आपराधिक घटनासँगको सम्बन्धबारे प्रहरीले आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

नीलो ड्रममा शव होइन, करोडौँको नगद

मेरठमा मुस्कान नामकी एक महिलाले आफ्ना पतिको हत्या गरी शव नीलो ड्रममा लुकाएको घटना सार्वजनिक भएपछि भारतमा ‘नीलो ड्रम’ को प्रसंगले आपराधिक वृत्तमा चर्चा पाउँदै आएको छ। प्रयागराजमा पनि नीलो ड्रमभित्रै ठूलो परिमाणमा नगद भेटिएपछि यस घटनाले थप चासो र चर्चा बटुलेको छ।

हाल प्रहरीले बरामद रकमको यकिन विवरण, स्रोत र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्रता दिएको छ।

Previous Post

शपथ ग्रहणकै दिनदेखि सुशासनका लागि काम गरिरहेका छौँ : रास्वपा सचेतक परियार

Next Post

भ्रष्टाचार मुद्दाको पेसी सार्न माधव नेपालको निवेदन स्वीकृत, अर्को सुनुवाइमा अन्तिम आदेशको सम्भावना

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav