दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ग्यास पल्टिएपछि आगलागी भएको सूचना प्राप्त भएको छ। यद्यपि, घटनाको विस्तृत विवरण आउन बाँकी छ।
आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेका छन्।
