• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति बैठकः बाढीपहिरो राहत र पार्टी समायोजन मुख्य एजेण्डा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भदौ, २०८३
A A
जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति बैठकः बाढीपहिरो राहत र पार्टी समायोजन मुख्य एजेण्डा
0
SHARES
0
VIEWS

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक भदौ शुरु भएको छ ।
मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो । देशमा बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो ।

पार्टीका महासचिव सुरेन्द्रकुमार झाकाअनुसार बैठकमा मुख्यगरी बाढीपहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षति र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे गहन छलफल हुनेछ । सरकारले गरिरहेको उद्धार र राहत कार्यलाई अझ प्रभावकारी र घरदैलोसम्म पु¥याउन पार्टीले रचनात्मक सुझाव दिने तथा पार्टीको तर्फबाट भौतिक, आर्थिक र स्वयंसेवक परिचालन गरी राहत कार्यमा सघाउने निर्णय बैठकले गर्ने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थिति, भू–राजनीतिक अवस्था र देशको आर्थिक सङ्कटलाई सन्तुलनमा राख्दै तयार पारिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । उक्त प्रतिवेदनमा पार्टीले विगतमा गरेका कामको समीक्षा र आगामी कार्यदिशाबारे विस्तृत खाका समेटिने महासचिव झाले जानकारी दिनुभयो ।

साङ्गठनिक एजेण्डातर्फ, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीचको एकीकरणपछि बाँकी रहेका समायोजनका कार्यहरूलाई टुङ्ग्याउनु यस बैठकको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ । केन्द्रिय कार्यकारिणी समिति समायोजन भइसकेको अवस्थामा अब प्रदेश, जिल्ला, स्थानीय तह, भ्रातृ सङ्गठन र विभागहरूको समायोजन प्रक्रियालाई गति दिइनेछ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘संसदीय बोर्ड’ र ‘केन्द्रीय सचिवालय’ गठन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको छ । पार्टीको नीति र निर्देशन विपरीत काम गर्ने तथा अनुशासन उल्लंघन गर्ने प्रदेश सांसद र नेता–कार्यकर्ताहरूमाथि कारबाही गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

महासचिव झाले राष्ट्रिय राजनीतिक निकासका लागि गठित ‘अग्रगामी मोर्चा’लाई थप प्रभावकारी बनाउने र पार्टीका नेताहरूको कार्यविभाजन गर्ने विषयमा समेत निर्णय लिइने उल्लेख गर्नुभयो । बैठकले आगामी असोज दोस्रो साताका लागि समायोजित केन्द्रिय समितिको पहिलो बैठकको मिति समेत तय गर्नेछ ।

यसका साथै, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा हुन बाँकी जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमहरू यसै महिनाको चौथो हप्ताभित्र सम्पन्न गर्नेगरी कार्यतालिका तय गरिनेछ । कार्यकारिणी समितिको बैठकमा हुने निर्णयहरूलाई सञ्चार माध्यममार्फत सार्वजनिक गरिने पार्टीले जनाएको छ । –न्युज एजेन्सी नेपाल

Previous Post

‘सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूमाथि राज्यले पशुवत व्यवहार गर्‍यो’

Next Post

राहत प्रभावितसम्म पुर्‍याउन सरकार असफल भयोः सांसद युवराज शर्मा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav