• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत निर्वाचित

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत निर्वाचित
0
SHARES
0
VIEWS

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत चयन भएका छन्।

एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष थकाली चार्टर्ड एकाउन्टेन्ट तथा अनुभवी बैंकर हुन्। उनी वित्तीय व्यवस्थापन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा अनुभव प्राप्त व्यक्तिका रूपमा परिचित छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय चयन भएका छन्। त्यस्तै, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दीपेश लम्साल निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं रहेका छन्।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसँगै सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाबाट स्वीकृत भएको छ।

अध्यक्षमा निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थकालीले विकास बैंकिङ क्षेत्रका समसामयिक चुनौती र मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले बैंकिङ क्षेत्रमा सुशासन र जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।

त्यस्तै, डिजिटल रूपान्तरण, कर्जाको गुणस्तर सुधार, कर्जा असुलीलाई प्रभावकारी बनाउने र सदस्य बैंकहरूबीच सफल अभ्यास तथा अनुभव आदानप्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

हाल नेपालमा १७ वटा विकास बैंक सञ्चालनमा छन्। तीमध्ये आठवटा राष्ट्रियस्तरका र नौवटा क्षेत्रीयस्तरका बैंक हुन्।

२०८१ असार मसान्तसम्मको तथ्यांकअनुसार विकास बैंकहरूले देशभरका एक हजार ११२ शाखा र ३३६ वटा एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छन्।

 

Previous Post

कान्ति लोकमार्गमा दुई दिन रातिको समयमा सवारी सञ्चालनमा रोक

Next Post

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav