काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शुक्रबार शिष्टाचार भेट भएको छ।
शिक्षा मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र अमेरिकाबीचको शैक्षिक साझेदारीलाई थप विस्तार गर्ने तथा खेलकुद कूटनीतिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
