• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश बागमती प्रदेश

उद्धारमा ढिलाइ भयो, स्रोतसाधन अभाव छः झक्कुप्रसाद सुवेदी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
उद्धारमा ढिलाइ भयो, स्रोतसाधन अभाव छः झक्कुप्रसाद सुवेदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले भदौ १० गते रसुवागढीको टिमुरे नाकामा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै नेता सुवेदीले उक्त बाढीलाई इतिहासकै क्रूर र हृदयविदारक घटनामध्ये एकका रूपमा चित्रण गरे । विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत झन्डै दुई दर्जन जिल्लाका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले बाढी प्रभावित क्षेत्रमा रहेका चीन, भारतसहित विभिन्न देशका सयौँ पर्यटकसमेत सम्पर्कविहीन भएको जानकारी दिए ।

हालै चीनमा सम्पन्न अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को सेमिनारमा सहभागी भएर फर्किएका नेता सुवेदीले जलवायु परिवर्तनका कारण धनी तथा विकसित मुलुकहरूले प्रकृतिमाथि गरेको दोहनको परिणाम नेपालजस्ता मुलुकले भोग्नुपरिरहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक उठाएको बताए ।

उद्धार कार्यमा देखिएका कमजोरीप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सुरक्षा निकायले आफ्नो क्षमताअनुसार काम गरे पनि कतिपय स्थानमा अझै उद्धारमा ढिलाइ भइरहेको बताए ।

उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो सामर्थ्यअनुसार काम गरिरहेका छन् तर कतिपय स्थानमा अझै पनि उद्धारमा ढिलाइ भइरहेको छ । सुरक्षा निकायहरू स्रोतसाधनविहीन अवस्थामा छन् ।’

गृहमन्त्रीले सुरुङ खन्नेजस्ता प्राविधिक काममा अल्झिनुभन्दा सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने तथा राहत सामग्री वितरणलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्ने उनले बताए ।

सुत्केरी, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकतामा राखेर राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।

सरकारको आलोचना गर्दै उनले सरकार सामाजिक सञ्जाल तथा समाचारमा बढी सक्रिय देखिए पनि कार्यक्षेत्रमा उपस्थिति कमजोर रहेको टिप्पणी गरे ।

संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई गर्ने व्यवहारमा विभेद गर्न नहुने भन्दै उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

यो महाविपत्तिलाई दलगत स्वार्थभन्दा माथि उठेर सामना गर्नुपर्नेमा जोड दिँदै नेता सुवेदीले राष्ट्रिय एकता कायम गरी अघि बढ्न सरकार तथा सबै राजनीतिक दललाई अपिल गरे ।

– न्युज एजेन्सी नेपाल

Previous Post

भोटेकोशी बाढीबारे राष्ट्रिय सभामा सांसदहरूको चिन्ता, राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

Next Post

सरकारको उपस्थिति कागजमा होइन, पीडितको घरदैलोमा देखिनुपर्छः कमला पन्त

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In