• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकारको उपस्थिति कागजमा होइन, पीडितको घरदैलोमा देखिनुपर्छः कमला पन्त

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भदौ, २०८३
A A
सरकारको उपस्थिति कागजमा होइन, पीडितको घरदैलोमा देखिनुपर्छः कमला पन्त
0
SHARES
0
VIEWS

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी नभएको भन्दै आलोचना गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमै देखिनुपर्नेमा जोड दिइन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिन् ।

बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा त्रिशूली क्षेत्रका बस्तीका साथै सडक, सञ्चार र जलविद्युत् आयोजनाजस्ता महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले बताइन् ।

सरकारले विदेशी प्राविधिक टोलीलाई फिर्ता पठाएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै उनले संकटको समयमा यस्तो गैरजिम्मेवार व्यवहार नगर्न सरकारलाई सचेत गराइन् ।

तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको तथा राहत वितरणमा पारदर्शिता नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । सरकारले सामाजिक सञ्जालमार्फत मात्र नभई संसद्मा उपस्थित भएर विपद्को अवस्था र उद्धार तथा राहतका विषयमा आधिकारिक जानकारी दिनुपर्ने उनको माग छ ।

उनले भनिन्, ‘अहिलेको पहिलो प्राथमिकता जीवन बचाउने, बेपत्ताको खोजी र राहत वितरण हुनुपर्छ । जलविद्युत् आयोजनाका सुरुङभित्र प्राविधिक र कामदार फसेको आशंका रहेकाले आधुनिक टनेल रेस्क्यु प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गरिनुपर्दछ । अहिलेको परिस्थिति राजनीतिक प्रतिस्पर्धा गर्ने समय होइन, यो राष्ट्रिय एकता, सहकार्य र मानवीय संवेदनशीलता प्रदर्शन गर्ने समय हो ।’

शवको पहिचान तथा व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्दै उनले डीएनए तथा फिंगरप्रिन्ट प्रविधिको प्रयोग गरी प्रशासनिक झन्झटबिना शव आफन्तलाई बुझाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सीमा क्षेत्र तथा छिमेकी मुलुकसम्म पुगेका शवहरूको खोजी तथा व्यवस्थापनबारे समेत सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनले बताइन् ।

जलवायु परिवर्तनका कारण मुलुक नै जोखिममा परेको उल्लेख गर्दै नेता पन्तले विपद्पछि हुने पुनर्निर्माणका काम जोखिमयुक्त स्थानमा नभई सुरक्षित क्षेत्रमा गर्नुपर्नेमा जोड दिइन् ।

बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धारका लागि सरकारका सम्पूर्ण निकायलाई सक्रिय हुन आग्रह गर्दै उनले विपद्को सामना गर्न राष्ट्रिय सहकार्यका लागि समेत आह्वान गरिन् ।

– न्युज एजेन्सी नेपाल

Previous Post

उद्धारमा ढिलाइ भयो, स्रोतसाधन अभाव छः झक्कुप्रसाद सुवेदी

Next Post

सुरुङमा फसेका कामदारको खोजीमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराइयो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav