• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

रिजन खड्का by रिजन खड्का
१४ कार्तिक, २०८३
A A
शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल
0
SHARES
0
VIEWS

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अग्ला भवन र चिल्ला सडकले मात्र कुनै पनि शहर समृद्ध बन्न नसक्ने बताएकी छन् ।

कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक गतिविधिले मात्रै शहरलाई जीवन्त बनाउने उनको भनाइ छ । महानगरपालिकाको आफ्नै आयोजनामा पहिलोपटक शुरु भएको ‘काठमाडौं फिल्म फेस्टिभल २०२६’ को उद्घाटन गर्दै उनले काठमाडौं परापूर्वकालदेखि नै कथाहरूमा बाँचेको सांस्कृतिक शहर भएको उल्लेख गरिन् ।

काठमाडौं महानगरपालिका युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा सूचीकृत भएपछि पहिलोपटक आफ्नै प्रत्यक्ष आयोजनामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गरेको हो । ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजित हेरिटेज वाक, परम्परागत बाजागाजा र सांस्कृतिक प्रदर्शनीसँगै महोत्सवको औपचारिक शुरुवात गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले परम्परागत डबली नाच, द्यः प्याखँ, कात्तिक नाच र नवदुर्गा नाचमार्फत शताब्दीऔँदेखि यहाँका समुदायले आफ्ना कथा प्रस्तुत गर्दै आएको स्मरण गराइन् । आधुनिक युगमा ती ऐतिहासिक कथा र भावनालाई चलचित्रका माध्यमबाट विश्वसामु प्रस्तुत गर्न महानगरले महोत्सव आयोजना गरेको उनले बताइन् ।

चलचित्रले समाजलाई एकै ठाउँमा जोड्ने र मानिसको चेतनामा गहिरो प्रभाव पार्ने अतुलनीय शक्ति राख्ने चर्चा गर्दै उनले सिनेमा समाज जोड्ने बलियो माध्यम भएको तर्क गरिन् ।

काठमाडौं महानगरपालिकाले यसअघि विभिन्न चलचित्र महोत्सवलाई सहयोग गर्दै आए पनि आफ्नै मौलिक पहिचान झल्काउने, आत्मनिर्भर र दिगो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्माण गर्ने उद्देश्यले यो कदम चालिएको डंगोलले स्पष्ट पारिन् । विश्वभरका प्रतिष्ठित शहरहरूसँगको सांस्कृतिक साझेदारीलाई उपयोग गर्दै महोत्सवलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

उनले शहरको समृद्धि अग्ला भवन र चिल्ला सडकले मात्र नभई कला, संस्कृति, भाषा, साहित्य र सिर्जनशीलताबाट मापन हुने बताइन् । महोत्सवलाई सबैको साझा उत्सवका रूपमा विकास गर्दै नेपाली चलचित्र र संस्कृतिलाई विश्वसामु चिनाउन एकजुट हुनुपर्नेमा उनले जोड दिइन् ।

कवि भूपी शेरचनको प्रसिद्ध कविता ‘साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ’ स्मरण गर्दै डंगोलले काठमाडौंका साँघुरा गल्ली, चोक र ननीहरूमा अथाह कला, संस्कृति, सपना र सकारात्मक सम्भावना रहेको उल्लेख गरिन् । साथै, महोत्सव सफल बनाउन सम्पूर्ण नागरिक, स्रष्टा र चलचित्रकर्मीलाई उनले आह्वान गरिन् ।

Previous Post

फिलिपिन्सको मायोन ज्वालामुखीमा शक्तिशाली विष्फोटः ३ किलोमिटरसम्म खरानीको मुस्लो,शतर्कता स्तर ३ जारी

Next Post

सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम होः मदनकृष्ण श्रेष्ठ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav