• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम होः मदनकृष्ण श्रेष्ठ

रिजन खड्का by रिजन खड्का
१४ कार्तिक, २०८३
A A
सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम होः मदनकृष्ण श्रेष्ठ
0
SHARES
0
VIEWS

वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा चलचित्र तथा टेलिचलचित्र अत्यन्त शक्तिशाली माध्यम भएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ लाई सम्बोधन गर्दै उनले छोटो समयमै आम नागरिकसम्म सन्देश पुर्‍याउन टेलिचलचित्रले महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक अनुभव स्मरण गरे ।

राजधानीमा आयोजित महोत्सवमा भारतीय वरिष्ठ अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता श्रेष्ठले चलचित्र क्षेत्र र कलाकारहरूलाई प्रत्यक्ष जोडेर महानगरपालिकाले यस्तो महोत्सव आयोजना गर्नु सकारात्मक र नौलो अभ्यास भएको बताए ।

आफ्नो अभिनय यात्राको स्मरण गर्दै श्रेष्ठले लामो समयसम्म व्यावसायिक फिचर फिल्मभन्दा सन्देशमूलक टेलिचलचित्र निर्माणमा केन्द्रित हुनुको कारण पनि खुलाए । महोत्सवका क्रममा उनले आफूले समेत अभिनय गरेको र डा. कपिल रिजालले निर्देशन गरेको नेपाली चलचित्र ‘गौँथली’ ले फ्रान्सको ‘कान्स वर्ल्ड फिल्म फेस्टिभल’ मा अवार्ड प्राप्त गरेको जानकारी दिए ।

उनले फिचर फिल्म निर्माण र प्रदर्शनमा लामो समय लाग्ने भए पनि टेलिभिजनका माध्यमबाट एउटै सन्देश छोटो समयमै करोडौँ नागरिकसमक्ष पुर्‍याउन सम्भव भएकाले जनचेतनामूलक टेलिफिल्मलाई प्राथमिकता दिएको बताए ।

निर्देशक रिजालले फ्रान्सबाट फोन गरेर उक्त अन्तर्राष्ट्रिय सफलताको खबर सुनाएको उल्लेख गर्दै श्रेष्ठले नेपाली चलचित्रले विश्व मञ्चमा स्थान बनाउँदै गएकोमा गौरव व्यक्त गरे ।

हाल पार्किन्सन्स रोगसँग जुधिरहेका ७३ वर्षीय अभिनेता श्रेष्ठले शारीरिक अस्वस्थता र हिँडडुल गर्न कठिनाइ भए पनि कला क्षेत्रप्रतिको आत्मीयताका कारण कार्यक्रममा उपस्थित भएको बताए ।

सोही अवसरमा उनले करिब चार दशकअघि काठमाडौंको विशाल बजारमा आयोजित एक समारोहमा भारतीय अभिनेत्री शबाना आजमीको हातबाट उत्कृष्ट हास्यकलाकारको पुरस्कार ग्रहण गरेको क्षण भावुक हुँदै स्मरण गरे ।

 

Previous Post

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

Next Post

नेपाल आफैँमा एउटा ठूलो स्टुडियो होः हरिवंश आचार्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav