• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बंगालको खाडीमा अर्को चक्रवाती प्रणाली विकसित हुँदै, नोभेम्बर ३ मा भारतको आन्ध्र प्रदेशमा ठोक्किने अनुमान

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
बंगालको खाडीमा अर्को चक्रवाती प्रणाली विकसित हुँदै, नोभेम्बर ३ मा भारतको आन्ध्र प्रदेशमा ठोक्किने अनुमान
0
SHARES
0
VIEWS

काठमाडौं । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गर्दा सोही क्षेत्रमा अर्को न्यून चापीय प्रणाली सक्रिय भएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार नयाँ प्रणाली क्रमशः शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। यद्यपि, यसको शक्ति अर्नब चक्रवातको तुलनामा कम रहने अनुमान गरिएको छ।

भारत मौसम विज्ञान विभागले सार्वजनिक गरेको विवरणअनुसार अक्टोबर ३१ अर्थात् कात्तिक १४ गतेसम्म उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको थियो। प्रतिघण्टा २२ किलोमिटरको गतिमा सरेको यो प्रणाली भारतीय समयअनुसार अक्टोबर ३१ राति ११ः३० बजे बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा केन्द्रित थियो।

त्यतिबेला यसको अवस्थिति १०.९ डिग्री उत्तरी अक्षांश र ८७.५ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। यो भारतको चेन्नईबाट ८३० किलोमिटर पूर्व–दक्षिणपूर्व, विशाखापट्टनमबाट ८८० किलोमिटर दक्षिण–दक्षिणपूर्व, मछलीपट्टनमबाट ९०० किलोमिटर दक्षिणपूर्व र ओङ्गोलबाट ९५० किलोमिटर पूर्व–दक्षिणपूर्वमा थियो।

भारतीय मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार नोभेम्बर १ अर्थात् कात्तिक १५ को दिउँसोसम्म यो प्रणाली दक्षिणपश्चिम बंगालको खाडी र आसपासको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ।

त्यसपछि नोभेम्बर १ को मध्यरातसम्म चक्रवाती आँधी बन्ने र नोभेम्बर २ मा पश्चिममध्य बंगालको खाडीमा थप शक्तिशाली हुने सम्भावना छ।

विभागका अनुसार नोभेम्बर ३ को बिहान सबेरै यो आँधी दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्नेछ। त्यसपछि बिहानै नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।

जमिनमा प्रवेश गर्ने समयमा आँधीको हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्नेछ। हावाको अधिकतम झोक्काको गति भने १२० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ।

यसअघि अक्टोबर ३१ को साँझ ५ः३० बजे सार्वजनिक गरिएको मौसम विवरणमा उक्त प्रणाली पछिल्लो ६ घण्टामा प्रतिघण्टा ३० किलोमिटरको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सरेको उल्लेख थियो। त्यसबेला यसको केन्द्र १०.५ डिग्री उत्तरी अक्षांश र ८८.६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

पछिल्लो विवरणमा प्रणालीको केन्द्र थप पश्चिम–उत्तरपश्चिमतर्फ सरेको देखिएको छ। भारतीय मौसम विज्ञान विभागले यसको विकासक्रम, गति र सम्भावित मार्गलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

अर्नब चक्रवातभन्दा कमजोर हुने अनुमान

बंगालको खाडीमा विकसित नयाँ प्रणाली अर्नब चक्रवातको तुलनामा कमजोर रहने आकलन गरिएको छ।

भारतको मौसम तथा जलवायु विश्लेषण गर्ने निजी संस्था स्काईमेटका अनुसार अर्नब चक्रवातलाई बंगालको खाडीबाट जमिनसम्म पुग्न सात दिन लागेको थियो। लामो समय समुद्री क्षेत्रमा रहँदा यसले पर्याप्त जलवाष्प संकलन गर्ने अवसर पाएको थियो। त्यसैले यो थप शक्तिशाली बनेको थियो।

तर अहिले विकसित नयाँ प्रणाली भने करिब तीन दिनमै जमिनमा पुग्ने अनुमान छ। समुद्री क्षेत्रमा रहने अवधि छोटो हुने भएकाले यसले अर्नबको तुलनामा कम जलवाष्प बोकेको हुन सक्ने स्काईमेटको विश्लेषण छ।

यसकारण नयाँ चक्रवाती प्रणालीले अर्नबले जस्तो व्यापक वर्षा गराउने सम्भावना कम रहेको आकलन गरिएको छ।

नेपालमा पनि प्रभाव पर्छ कि पर्दैन?

अर्नब चक्रवातको प्रभावले नेपालमा कात्तिक १२, १३ र १४ गते विभिन्न स्थानमा वर्षा तथा हिमपात भएको थियो। अहिले विकसित नयाँ मौसमी प्रणालीको प्रभाव पनि नेपालसम्म आइपुग्ने हो कि होइन भन्ने विषयमा भने यकिन भइसकेको छैन।

भारतीय मौसमविद्हरूले यसको प्रभाव नेपालसँग सीमा जोडिएको उत्तर भारतको बिहार राज्यसम्म देखिन सक्ने अनुमान गरेका छन्।

नेपालको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पनि नयाँ मौसमी प्रणालीको गतिविधिलाई नजिकबाट नियालिरहेको जनाएको छ।

महाशाखाका मौसमविद्हरूका अनुसार हालको अवस्थालाई हेर्दा नेपालमा यसको प्रभाव खासै पर्ने देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले नयाँ प्रणालीबाट नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहेको बताए। उनका अनुसार बंगालको खाडीमा यस्ता मौसमी प्रणाली विकसित भइरहने भए पनि अहिलेको प्रणालीले नेपालमा उल्लेख्य असर पार्ने संकेत देखिएको छैन।

 

Previous Post

नाेभेम्बर १ मा विश्वः युरोपियन युनियनको स्थापना भएकाे दिन

Next Post

रुग्ण आयोजना निर्माणमा तीव्रता दिन निर्माण कम्पनीलाई कर्णाली सरकारको निर्देशन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav