काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। नयाँ केन्द्रीय कार्यसमितिले जिम्मेवारी सम्हालेपछि उनले पहिलोपटक पत्रकार सम्मेलनमार्फत पार्टीको दृष्टिकोण प्रस्तुत गर्न लागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा विशेष सम्बोधन कार्यक्रम राखिएको छ। सम्बोधनअघि सभापति थापाले पार्टीका प्रमुख पदाधिकारीहरूसँग आन्तरिक छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
१५औँ महाधिवेशनपछि पार्टीको सङ्गठनात्मक अवस्था, नयाँ केन्द्रीय कार्यसमितिका प्राथमिकता र आगामी कार्ययोजनाबारे थापाले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।
यसका साथै मुलुकको वर्तमान आर्थिक तथा राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले निर्वाह गर्ने भूमिका र पार्टीले अवलम्बन गर्ने आगामी रणनीतिका विषयमा पनि उनले स्पष्ट पार्ने बुझिएको छ।
