• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाखभन्दा बढी राजस्व संकलन, दुर्घटनामा ६ जनाको मृत्यु

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाखभन्दा बढी राजस्व संकलन, दुर्घटनामा ६ जनाको मृत्यु
0
SHARES
0
VIEWS

स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी २८ लाख चार हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार उक्त अवधिमा सबैभन्दा बढी जीप, कार तथा भ्यानमाथि कारबाही गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार तीन महिनामा ९१७ वटा जीप, कार तथा भ्यान कारबाहीमा परेका छन्। ती सवारीसाधनबाट मात्रै नौ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी, नियम उल्लङ्घन गर्ने ९०९ वटा मोटरसाइकल तथा स्कुटरबाट आठ लाख ४९ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ।

यस अवधिमा ३८२ वटा बस कारबाहीमा पर्दा तीन लाख १३ हजार पाँच सय रुपैयाँ, ३३५ वटा ट्रकबाट दुई लाख ९५ हजार रुपैयाँ र २५८ वटा अन्य सवारीसाधनबाट दुई लाख छ हजार रुपैयाँ संकलन भएको छ।

त्यस्तै, २१७ वटा ट्र्याक्टरमाथि गरिएको कारबाहीबाट एक लाख ७२ हजार रुपैयाँ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ।

प्रहरी नायब निरीक्षक शाहीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

उनले सवारी दुर्घटनाको जोखिम कम गर्न चालकले गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र सडक अनुशासनमा ध्यान दिनुपर्ने बताए। सवारीसाधनको नियमित जाँच तथा ट्राफिक नियम उल्लङ्घन गर्नेमाथिको कारबाहीलाई थप निरन्तरता दिइने उनको भनाइ छ।

तीन महिनामा १८ दुर्घटना, ६ जनाको मृत्यु

यसैबीच, स्याङ्जामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ वटा सवारी दुर्घटना भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ती दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरी प्रमुख शाहीले सडक दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न चालकसँगै यात्रु र अन्य सडक प्रयोगकर्ता पनि जिम्मेवार हुनुपर्ने बताए।

उनले सुरक्षित यात्राका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिएका छन्।

Previous Post

काठमाडौंको सातुंगलमा सडक कुकुरमाथि रड प्रहार, सीसीटीभी फुटेज सार्वजनिक भएपछि दोषी पहिचान गर्न माग

Next Post

मुलुक गम्भीर सङ्कटतर्फ अघि बढिरहेको छ : डा. बाबुराम भट्टराई

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav