• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेतान्याहुसँग संवादपछि ट्रम्पको चेतावनी : इरानका केही सैन्य अखडा अझै निशानामा

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
नेतान्याहुसँग संवादपछि ट्रम्पको चेतावनी : इरानका केही सैन्य अखडा अझै निशानामा
0
SHARES
0
VIEWS

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग शनिबार टेलिफोन वार्ता गरेका छन्। उक्त संवादपछि ट्रम्पले इरानसँग सम्बन्धित केही सैन्य केन्द्र अझै आक्रमणको निशानामा रहेको बताएका छन्।

‘वाल स्ट्रिट जर्नल’का अनुसार आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित एक–दुईवटा सैन्य अखडा नष्ट गर्न बाँकी रहेको टिप्पणी गरेका थिए।

यसैबीच, अमेरिकी समाचार च्यानल एमएस नाउले वासिङ्टनले खाडी क्षेत्रका देशहरूलाई इरानमाथि हुन सक्ने नयाँ आक्रमणका लागि तयार रहन आग्रह गरेको जनाएको छ। सम्भावित सैन्य कारबाही नोभेम्बर ४ बाट सुरु हुन सक्ने संकेत गरिएको समाचारमा उल्लेख छ। उक्त मिति अमेरिकाको मध्यावधि निर्वाचनको भोलिपल्ट पर्छ।

अमेरिका र इजरायलको सैन्य तयारी तीव्र

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार पछिल्ला केही सातादेखि अमेरिकाले पश्चिम एसियामा हवाई प्रतिरक्षा प्रणाली, गोलाबारुद र अन्य सैन्य उपकरणको तैनाथी बढाएको छ।

इरानबाट सम्भावित आक्रमण हुन सक्ने स्थानबाट अमेरिकी सैनिक तथा सैन्य सामग्रीलाई सुरक्षित क्षेत्रमा सार्ने कामसमेत भइरहेको बताइएको छ।

अमेरिकी रक्षा अधिकारीहरूले अमेरिकी सेन्ट्रल कमान्ड र इजरायल सम्भावित आक्रमणका लागि तयारी अवस्थामा रहेको आकलन गरेका छन्। इजरायली समाचार च्यानल कानका अनुसार गत साता अमेरिकाका १० वटा सैन्य मालवाहक विमान इजरायल पुगेका थिए। ती विमानमार्फत हवाई आक्रमणबाट जोगिन प्रयोग हुने सुरक्षा उपकरण ल्याइएको बताइएको छ।

उक्त सामग्री यस क्षेत्रमा रहेका अमेरिकी र उसका साझेदार मुलुकका सैन्य संरचनाको सुरक्षामा प्रयोग गरिने जनाइएको छ।

यसअघि करिब दुई साताअघि इजरायलका केही लडाकु विमान इरानको सीमासम्म उडान भरेर फर्किएका थिए। ‘एक्सिओस’को समाचारअनुसार उक्त उडान सैन्य अभ्यासकै हिस्सा थियो।

मध्यावधि निर्वाचनपछि मात्रै आक्रमणको सम्भावना

ट्रम्प अहिले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनको प्रचार अभियानमा केन्द्रित छन्। उक्त निर्वाचनबाट अमेरिकी संसद्का प्रतिनिधिहरू चयन हुनेछन्।

इरानसँगको तनाव र अमेरिकाभित्र बढिरहेको इन्धनको मूल्य रिपब्लिकन पार्टीका लागि चुनावी चुनौती बनेका छन्। निर्वाचनको अन्तिम चरणमा पार्टीको समर्थन बढाउने प्रयासमा ट्रम्प जुटिरहेका छन्।

यही राजनीतिक परिस्थितिका कारण इरानमाथिको सम्भावित सैन्य कारबाहीको समय पछाडि सारिएको हुन सक्ने विभिन्न समाचार विवरणमा उल्लेख छ। अर्कोतर्फ, इरानले पनि अमेरिकी निर्वाचनअघि वार्ताको प्रक्रिया लम्ब्याइरहेको दाबी गरिएको छ।

रुबियो : ट्रम्प वार्ताबाटै समाधान खोज्न चाहन्छन्

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार एटलान्टामा आयोजित जी–२० सम्बन्धी पत्रकार सम्मेलनमा ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने निर्णय गरिनसकेको बताएका छन्।

उनका अनुसार अमेरिकी राष्ट्रपति अहिले कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्ने पक्षमा छन्। यद्यपि आवश्यक परिस्थिति आए सैन्य विकल्प पनि खुला रहेको रुबियोको भनाइ थियो।

रुबियोले इरानमाथि जहाजहरूलाई निशाना बनाउने र छिमेकी मुलुकका तेल तथा ग्यास पूर्वाधार ध्वस्त पार्ने धम्की दिएको आरोपसमेत लगाए।

इरानको जवाफी कारबाहीको चेतावनी

अर्कोतर्फ, इरानले आफूविरुद्ध कुनै नयाँ आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ। तेहरानबाट जारी वक्तव्यअनुसार सर्वोच्च नेता मोजतबा खामेनीले सैन्य कमान्डरहरूलाई सम्भावित आक्रमणको तत्काल प्रतिकार गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

उनले जवाफी कारबाहीको भौगोलिक सीमा नरहने बताएका छन्। यसको अर्थ आवश्यक परे इरानले विभिन्न क्षेत्रमा रहेका शत्रुका सैन्य अखडालाई निशाना बनाउन सक्ने संकेत दिएको हो।

इरानी सेना प्रमुख जनरल अली अब्दोल्लाहीले पनि सम्भावित लक्ष्यहरूको सूची विस्तार गरिएको बताएका छन्। अमेरिकाले पुनः आक्रमण गरे ठूलो स्तरको जवाफी कारबाही गरिने उनको चेतावनी छ।

 

Previous Post

वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि

Next Post

नेपाल आए ७ देशका ट्राभल कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया भ्रमण गर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav