• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भैरहवा भन्सारको राजस्व लक्ष्यभन्दा १४ प्रतिशत बढी, तीन महिनामै ३३ अर्ब सङ्कलन

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
भैरहवा भन्सारको राजस्व लक्ष्यभन्दा १४ प्रतिशत बढी, तीन महिनामै ३३ अर्ब सङ्कलन
0
SHARES
0
VIEWS

आयातमा विद्युतीय कार र सवारीसाधनको योगदान, निर्यातमा प्रशोधित भटमासको तेल लगातार तीन महिना शीर्ष स्थानमा

बुटवल । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । साउनदेखि असोज मसान्तसम्मका लागि २९ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकामा कार्यालयले ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँभन्दा बढी सङ्कलन गरेको हो । यो निर्धारित लक्ष्यको करिब ११४ प्रतिशत हो ।

कार्यालयको मासिक विवरणअनुसार साउनमा ८ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ८ अर्ब ८३ करोड २६ लाख रुपैयाँ उठेको छ । यसले मासिक लक्ष्यको १०३ प्रतिशत उपलब्धि हासिल गरेको देखाउँछ ।

त्यस्तै, भदौमा ९ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य राखिएकामा १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ सङ्कलन भएको छ । उक्त रकम लक्ष्यको करिब १०९ प्रतिशत हो ।

असोजमा भने राजस्व सङ्कलन थप बढेको छ । सो महिनाका लागि १० अर्ब ९८ करोड रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरिएकोमा १३ अर्ब ८८ करोड १ लाख रुपैयाँ सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । यो मासिक लक्ष्यको करिब १२६ प्रतिशत हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसबेला निर्धारित लक्ष्यको ९७.१४ प्रतिशत मात्रै हासिल भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने लक्ष्यभन्दा बढी राजस्व उठेको छ ।

गत वर्ष साउनमा ९ अर्ब २९ करोड ४३ लाख, भदौमा ९ अर्ब ४३ करोड ९२ लाख र असोजमा ९ अर्ब २८ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले अघिल्लो वर्ष विभिन्न कारणले राजस्व लक्ष्य भेट्न कठिन भएको भए पनि यस वर्ष बजारको अवस्था र आयातमा भएको वृद्धिले सङ्कलन बढाएको बताए ।

उनका अनुसार चाडपर्वका कारण बजारमा आर्थिक गतिविधि विस्तार हुने भएकाले आगामी कात्तिक र मंसिरमा पनि राजस्व सङ्कलन लक्ष्यभन्दा माथि रहने अपेक्षा गरिएको छ ।two

आयातमा विद्युतीय सवारीको योगदान, निर्यातमा भटमासको तेल अगाडि

भैरहवा भन्सारबाट हुने आयातमध्ये पेट्रोलियम पदार्थ, सवारीसाधन, एलपी ग्यास तथा उद्योगका लागि आवश्यक कच्चा पदार्थ राजस्वका प्रमुख स्रोतका रूपमा देखिएका छन् । पछिल्लो समय विद्युतीय कार र पिकअप गाडीले पनि राजस्व योगदानमा महत्त्वपूर्ण स्थान बनाउन थालेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व योगदानका आधारमा प्रमुख आयातित वस्तुको सूचीमा विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, मोटरसाइकल, एलपी ग्यास, शुद्ध फलाम र मोबाइललगायतका वस्तु परेका छन् ।

वस्तुको आयात संख्या बढी हुँदैमा राजस्व योगदान पनि बढी हुन्छ भन्ने हुँदैन । भन्सारको सूची भने आयातित वस्तुले सरकारी राजस्वमा पुर्‍याएको योगदानका आधारमा तयार गरिएको हो ।

यसअघि एलपी ग्यासले भैरहवा भन्सारको राजस्वमा महत्त्वपूर्ण हिस्सा ओगट्दै आएको थियो । अहिले विद्युतीय कार र पिकअपलगायतका सवारीसाधन पनि राजस्वका प्रमुख स्रोतका रूपमा देखिन थालेका छन् ।3

निर्याततर्फ भने प्रशोधित भटमासको तेलको वर्चस्व कायम छ । साउन, भदौ र असोज तीनै महिनामा मूल्यका आधारमा सबैभन्दा बढी निर्यात हुने वस्तु प्रशोधित भटमासको तेल बनेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

त्यसबाहेक खैरो सिमेन्ट, फलामे पाता, खयरको कत्था र जडीबुटी पनि प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छन् । सूचना अधिकारी ढुंगानाका अनुसार साउन महिनामा चाउचाउ, प्लास्टिकका कच्चा पदार्थ र खोटोबाट उत्पादित रोजिनसमेत निर्यात भएको थियो ।

आयाततर्फ सवारीसाधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको योगदान उल्लेख्य देखिँदा निर्यातमा प्रशोधित भटमासको तेलले निरन्तर अग्रता कायम गरेको छ । यसले नेपालको निर्यात व्यापारमा उक्त वस्तुको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछ ।1

Previous Post

 महिलाको आत्मसम्मान र सुरक्षामाथि प्रश्न : परिवारभित्रै अपमान र दुर्व्यवहारको सिकार हुनुपर्ने अवस्था कहिलेसम्म?

Next Post

‘मोदी सत्ताबाट हटे मात्रै लोकतन्त्र सुरक्षित हुन्छ’ : कांग्रेस अध्यक्ष खड्गे

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav