नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढावसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।
