भोजपुर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले भोजपुर जिल्ला सभापतिमा धर्मराज राईलाई सर्वसम्मत चयन गरेको छ। समूहको १५औँ जिल्ला अधिवेशनबाट राई सभापतिमा निर्विरोध चुनिएका हुन्।
यसअघि जिल्ला उपसभापतिको जिम्मेवारी सम्हालिसकेका राई जिल्ला संयोजकसमेत थिए। उनकै सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रीय प्रतिनिधि उत्तमकुमार चापागाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
अधिवेशनले राईलाई सर्वसम्मत नेतृत्व चयन गर्दै जिल्ला संगठनको जिम्मेवारी सुम्पिएको हो।

