काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। खेल सुरु हुनुअघि भएको टसमा काठमाण्डु गोर्खाजले बाजी मारेको छ।
काठमाण्डुका कप्तान करण केसीले टस जितेर कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका छन्। यससँगै काठमाण्डु टोलीले सुरुमा बलिङ गर्ने भएको छ।
यस खेलमार्फत अस्ट्रेलियाका पूर्वकप्तान तथा अनुभवी ब्याटर डेभिड वार्नरले एनपीएलमा डेब्यु गर्दैछन्।
