• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मगर समुदायको भाषा, संस्कृति र इतिहास समेटिएको ‘शोधमाला’को १२औँ अङ्क सार्वजनिक

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
मगर समुदायको भाषा, संस्कृति र इतिहास समेटिएको ‘शोधमाला’को १२औँ अङ्क सार्वजनिक
0
SHARES
0
VIEWS

काठमाडौं । मगर समुदायको भाषा, संस्कृति, इतिहास, परम्परा र सामाजिक पहिचानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानलाई अभिलेखका रूपमा सुरक्षित राख्ने उद्देश्यले ‘शोधमाला’ पुस्तकको १२औँ अङ्क सार्वजनिक गरिएको छ।

मगर अध्ययन केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको आफ्नो २४औँ साधारण सभाका अवसरमा पुस्तक सार्वजनिक गरेको हो। राष्ट्रिय जनजाति आयोगका सदस्य डा. मिन श्रीसमगरले उक्त अङ्कको विमोचन गरेका थिए।

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर रैकामगर, मगर अध्ययन केन्द्रका संस्थापक अध्यक्ष तथा संरक्षक डा. गोविन्दप्रसाद थापामगरलगायतले प्रकाशनको महत्त्वबारे धारणा राखेका थिए।

विमोचन कार्यक्रममा डा. श्रीसमगरले करिब एक दशकको अन्तरालपछि ‘शोधमाला’को प्रकाशनले निरन्तरता पाउनु मगर समुदायको प्राज्ञिक अध्ययन र अनुसन्धानका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार यसले समुदायको मौलिक ज्ञान, सामाजिक अवस्था, इतिहास र सांस्कृतिक विशेषतालाई अनुसन्धानका आधारमा दस्तावेजीकरण गर्न सहयोग पुर्‍याउनेछ।

केन्द्रका अध्यक्ष हर्कबहादुर थापाका अनुसार पुस्तकमा विशेषगरी एमफिल तथा स्नातकोत्तर तहका अनुसन्धानकर्ताले तयार पारेका अनुसन्धानमूलक लेख र प्राज्ञिक सामग्री समावेश छन्। नयाँ पुस्ताका अध्येता तथा अनुसन्धानकर्तालाई आफ्ना अध्ययन र खोज प्रकाशन गर्ने अवसर दिनुका साथै आदिवासी जनजातिसम्बन्धी अनुसन्धानलाई तथ्यपरक र व्यवस्थित बनाउने उद्देश्यले प्रकाशनलाई अघि बढाइएको उनले बताए।

मगर समुदायको भाषा, संस्कृति र इतिहासका विविध पक्षमा अध्ययन गर्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, अध्येता तथा सरोकारवालाका लागि ‘शोधमाला’ उपयोगी हुने केन्द्रको अपेक्षा छ।

प्रकाशित पुस्तक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा अध्ययन गर्न सकिनेछ। साथै नेपाल जर्नल अनलाइनमार्फत पनि यसको सामग्री उपलब्ध हुने गोपाल रानामगरले जानकारी दिए।

 

Previous Post

टस जितेर काठमाण्डु गोर्खाजले रोज्यो बलिङ, वार्नरको एनपीएल डेब्यु

Next Post

वर्ल्ड भेगन अर्गनाइजेसन नेपालको कार्यकारी समिति पुनर्गठन, वनस्पतिमा आधारित व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav