• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‎वित्तीय संघीयता बलियो बनाउने एजेन्डासहित सुर्खेतमा सातै प्रदेशका मन्त्री जुट्दै

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
‎वित्तीय संघीयता बलियो बनाउने एजेन्डासहित सुर्खेतमा सातै प्रदेशका मन्त्री जुट्दै
0
SHARES
0
VIEWS

रौतहट, १६ कात्तिक । प्रदेश सरकारको आर्थिक अधिकार, राजस्व संकलन क्षमता र संघ, प्रदेश तथा स्थानीय तहबीचको वित्तीय सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश आर्थिक मामिला परिषद्को बैठक आयोजना भएको छ।

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा बैठक आयोजना गरिएको हो। बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसहित प्रदेशका उच्चपदस्थ अधिकारीहरू सहभागी छन्।

वित्तीय संघीयताको अभ्यासमा देखिएका समस्या पहिचान गर्दै प्रदेशहरूको आर्थिक क्षमता अभिवृद्धि गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको छ। विशेषगरी प्रदेशको आन्तरिक राजस्व स्रोत विस्तार, राजस्व बाँडफाँट, अन्तरसरकारी वित्तीय हस्तान्तरण र बजेट कार्यान्वयनको अवस्थामाथि गम्भीर समीक्षा गरिनेछ।

बैठकमा सहभागी प्रत्येक प्रदेशका सचिवले आफ्नो प्रदेशको वित्तीय अवस्था, राजस्व संकलन, बजेट खर्च तथा वित्तीय संघीयता कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसक्रममा प्रदेशको आम्दानी बढाउने उपाय, पुँजीगत खर्चको कमजोर अवस्था सुधार गर्ने रणनीति र चालु खर्चमा मितव्ययिता अपनाउने विषयले प्राथमिकता पाउनेछन्।

त्यसैगरी, प्रदेशको जिम्मेवारीअनुसार आवश्यक जनशक्ति व्यवस्थापन, योजनाको छनोट, बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि छलफल हुनेछ। संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारसँगको समन्वयलाई कसरी बलियो बनाउने भन्ने विषयसमेत बैठकको महत्त्वपूर्ण कार्यसूचीमा राखिएको छ।

परिषद् बैठकमा वित्तीय संघीयता सुदृढीकरणका लागि अन्तरतह समन्वय र सरकारका विभिन्न तहको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गरी छलफल गरिनेछ। सामाजिक तथा आर्थिक विकास, पूर्वाधार निर्माण र सुशासनका क्षेत्रमा प्रदेशहरूले हासिल गरेका उपलब्धि तथा आगामी योजनाबारे पनि अनुभव आदानप्रदान हुनेछ।

यसअघि परिषद्का बैठकबाट भएका निर्णय, प्रतिबद्धता र घोषणापत्रको कार्यान्वयन अवस्थासमेत समीक्षा गरिने मन्त्रालयले जनाएको छ। हालै कोशी प्रदेशमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ बाट पारित साझा प्रतिबद्धतामा समेटिएका वित्तीय संघीयतासम्बन्धी विषयमा पनि सातै प्रदेशबीच साझा धारणा बनाउने प्रयास गरिनेछ।

प्रदेश आर्थिक मामिला परिषद् सञ्चालनसम्बन्धी कार्यविधि, २०८२ अनुसार गत वैशाख २ गते काठमाडौंमा बसेको परिषद्को बैठकले आगामी छ महिनाका लागि परिषद्को अध्यक्षता गर्ने जिम्मेवारी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीलाई दिएको थियो। सोही निर्णयअनुसार कर्णाली प्रदेशले यसपटक बैठक आयोजना गरेको हो।

बैठकले प्रदेशहरूको आर्थिक आत्मनिर्भरता बढाउने, वित्तीय अधिकारको व्यावहारिक कार्यान्वयन गर्ने र तीनै तहका सरकारबीच स्रोत तथा साधनको न्यायोचित परिचालनका लागि साझा समझदारी निर्माण गर्ने अपेक्षा गरिएको छ।

Previous Post

ग्यास उद्योग मर्जरमा जान तयार, तर बैंकसरह कर छुट र नीतिगत सुविधा माग

Next Post

कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगन थापाको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav