स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आइपुग्नुभएको छ ।
प्रतिनिधिस भाकासभामुख डोलप्रसाद (डीपी) अर्यालको औपचारिक निमन्त्रणामा उहाँ आज बिहान १०ः१५ बजे काठमाडौं उत्रिनुभएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका अध्यक्ष पेजलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गर्नुभयो । भ्रमणका क्रममा दुई देशबीचको संसदीय सम्बन्ध र आपसी सहकार्यका विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ । उहाँले सभामुख अर्यालसहित राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग सोमवार नै सिंहदरबारमा भेट गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा पुगी राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाल र स्विट्जरल्याण्डबीचको कुटनीतिक सम्बन्धलाई थप सुदृढ तुल्याउन र संसदीय अनुभव आदान–प्रदान गर्न यो भ्रमण फलदायी हुने विश्वास लिइएको छ ।





\

