• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अमेरिकी किसानका लागि ट्रम्प सरकारको १५ अर्ब डलरभन्दा बढीको सहायता प्याकेज

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
अमेरिकी किसानका लागि ट्रम्प सरकारको १५ अर्ब डलरभन्दा बढीको सहायता प्याकेज
0
SHARES
0
VIEWS

काठमाडौं । इन्धन तथा मलको महँगीबाट प्रभावित अमेरिकी किसानलाई लक्षित गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले १५ अर्ब डलरभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। मध्यावधि निर्वाचन नजिकिँदै गर्दा आएको यो निर्णयले ग्रामीण क्षेत्रका मतदातालाई राहत दिने अपेक्षा गरिएको छ।

अमेरिकी कृषि मन्त्रालयले डिजेलको मूल्य बढ्दा आर्थिक भार खेपिरहेका किसानलाई आठ अर्ब डलर एकमुष्ट उपलब्ध गराउने योजना अघि सारेको छ। यसबाहेक पशुपालन र मत्स्य व्यवसायमा संलग्नका लागि पाँच अर्ब डलर बराबरको ऋण प्रत्याभूति गरिनेछ। मल कारखाना, मासु प्रशोधन उद्योग र विशेष बालीसँग सम्बन्धित योजनामा समेत सरकारी रकम लगानी गरिने मन्त्रालयले जनाएको छ।

सरकारले यसअघि नै सन् २०२५ को बाली उत्पादन अवधिका लागि योग्य किसानलाई १३ अर्ब ८० करोड डलर वितरण गर्ने योजना बनाएको थियो। तर कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी अनुदानले तत्कालको आर्थिक दबाब कम गरे पनि उत्पादन खर्च बढ्दै जाने समस्याको स्थायी समाधान नदिने बताएका छन्।

मल र इन्धनको महँगीका साथै चीनसँगको व्यापारिक तनावले अमेरिकी कृषि क्षेत्र प्रभावित भएको छ। अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशत बढी हो।

किसान तथा ग्रामीण क्षेत्रका बासिन्दा ट्रम्पका परम्परागत बलिया समर्थक मानिए पनि उनका केही नीतिप्रति उनीहरूमा असन्तुष्टि रहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। राहत कार्यक्रमले तत्काल सहयोग पुर्‍याउन सक्ने भए पनि महँगी, दैनिक जीवनयापनको खर्च र स्वास्थ्य सेवासम्बन्धी विषय मतदाताका लागि उत्तिकै महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ।

यसैबीच, मध्यावधि निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा ट्रम्पले आयोवा र कन्सास राज्यको भ्रमण गरेका छन्।

 

Previous Post

सर्वोच्चको पूर्ण बैठकले चार घण्टा रोकियो सुनुवाइ, २२५ मुद्दा प्रभावित

Next Post

विवादमा जोडिएका न्यायाधीशमाथि तत्काल छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav