• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपा एपमा नयाँ सुविधा थपिए, अब फोटोबाटै नेपाली अक्षर डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिने

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
नेपा एपमा नयाँ सुविधा थपिए, अब फोटोबाटै नेपाली अक्षर डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिने
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गरी विकास गरिएको नेपा एपले विभिन्न नयाँ सुविधासहित आफ्नो नयाँ संस्करण सार्वजनिक गरेको छ। अपडेट गरिएको एपमा फोटोबाट नेपाली अक्षर पहिचान गर्ने ओसीआर, वर्ल्ड क्लक, वाटर रिमाइन्डर र बीएमआई क्याल्कुलेटरलगायतका सुविधा थपिएका छन्।
नयाँ संस्करणमा स्वास्थ्य, शिक्षा, सरकारी सूचना, यात्रा, बजार तथा मौसमसम्बन्धी सेवाहरूलाई समेटिएको छ। ओसीआर (अप्टिकल क्यारेक्टर रिकग्निसन) सुविधाले फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा परिवर्तन गर्न सक्नेछ। यसबाट किताब, पत्रपत्रिका, सूचना र विभिन्न कागजातमा भएका सामग्री पुनः टाइप नगरी डिजिटल रूपमा प्रयोग गर्न सकिनेछ।

त्यस्तै, वाटर रिमाइन्डरले निश्चित समयमा पानी पिउन सम्झाउनेछ भने वर्ल्ड क्लकमार्फत विभिन्न देश तथा सहरको स्थानीय समय थाहा पाउन सकिनेछ। शरीरको उचाइ र तौलका आधारमा बीएमआई गणना गर्न मिल्ने सुविधा पनि थपिएको छ।

स्वास्थ्य क्षेत्रअन्तर्गत प्रयोगकर्ताले अस्पतालमा उपलब्ध खाली बेडको अवस्था तथा अस्पतालअनुसार ब्लड बैंकको विवरण हेर्न सक्नेछन्।

सरकारी सेवा तथा रोजगारीसम्बन्धी जानकारी खोज्नेहरूका लागि लोकसेवा आयोगका सूचना र टेन्डरसम्बन्धी विवरण पनि एपमा समावेश गरिएको छ।

यात्रा गर्ने तथा सवारीसाधन प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी पेट्रोल र डिजेलको मूल्य हेर्न सकिने सुविधा थपिएको छ। यसका साथै ट्रिप क्याल्कुलेटरमार्फत यात्राको दूरी र सवारीसाधनको इन्धन खपतका आधारमा सम्भावित खर्च अनुमान गर्न सकिनेछ।

नयाँ संस्करणमा तरकारीको मूल्य र जिल्लाअनुसार मौसमको जानकारीसमेत उपलब्ध गराइएको छ।

नेपा एपमा यसअघि नै नेपाली पात्रो, राष्ट्रिय तथा जिल्लागत समाचार, रेडियो, दैनिक राशिफल, सुनको मूल्य, विदेशी मुद्रा विनिमय दर, डकुमेन्ट स्क्यानर, नोट तथा रिमाइन्डरजस्ता सुविधा उपलब्ध थिए।

त्यसैगरी सामान्य क्याल्कुलेटर, कर तथा ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरलगायतका सेवा पनि एपमा समावेश छन्।

नयाँ अपडेटसँगै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न डिजिटल सेवा एउटै एपबाट प्रयोग गर्न सकिने सुविधा विस्तार भएको छ।

नेपा एप एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।

Previous Post

नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली

Next Post

दुई महिने जागरण अभियानमा जुट्यो नेकपा, प्रवासमा पनि विस्तार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav