• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली
0
SHARES
0
VIEWS

चीनसँग भएका सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा विकासमा असर परेको उल्लेख गर्दै भारत र चीन दुवैसँग कनेक्टिभिटी विस्तार गर्नुपर्नेमा जोड।

काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा आधारित, स्वतन्त्र र सन्तुलित हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक गोष्ठीमा बोल्दै उनले कुनै पनि बाह्य शक्तिको प्रभावमा नपरी स्वतन्त्र कूटनीतिक दृष्टिकोण अपनाउनुपर्ने धारणा राखेका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी छलफलमा ज्ञवालीले चीनले विश्व राजनीतिमा आफ्नो छुट्टै स्थान बनाइसकेको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्न नसकिने बताए। नेपालले चीनको अनुभवबाट धेरै विषय सिक्न सक्ने उनको भनाइ थियो।

नेपालको परराष्ट्र नीतिमा गौतम बुद्धको शान्ति र सहअस्तित्वको मार्गले समेत प्रभाव पारेको उल्लेख गर्दै उनले यही आधारमा स्वतन्त्र तथा सन्तुलित कूटनीति अघि बढाउनुपर्ने बताए। सन्तुलन कायम गर्न नसक्दा मुलुकले गम्भीर चुनौती सामना गर्नुपर्ने उनको धारणा थियो।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले नेपाल र चीनबीच भएका कतिपय सम्झौता कार्यान्वयन हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएको बताए।

उनले छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तारका क्षेत्रमा सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

विश्वभर बढिरहेको द्वन्द्वले विभिन्न क्षेत्रमा चुनौती थपिरहेको उल्लेख गर्दै ज्ञवालीले गरिबी न्यूनीकरणमा चीनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। साथै, सत्तामा रहेको राजनीतिक दलको छवि स्वच्छ भए विकासका योजना अघि बढाउन सहज हुने उनको भनाइ थियो।

 

Previous Post

‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को ब्याटल राउन्ड आजदेखि छायांकन हुँदै

Next Post

नेपा एपमा नयाँ सुविधा थपिए, अब फोटोबाटै नेपाली अक्षर डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav