काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लाग्दा चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ७०० रुपैयाँले महँगिएको छ भने चाँदी ४५ रुपैयाँले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको कारोबार मूल्य प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस दिन चाँदीको मूल्य भने प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको थियो ।
यसरी एकैदिन सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको भाउमा गिरावट आएको छ ।
