घटनापछि अभिनेता कपुरले मुम्बई प्रहरीसमक्ष उजुरी दिएका छन्। उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान एन्टी एक्सटर्सन सेल र क्राइम ब्रान्चलाई जिम्मा लगाएको छ।
अनुसन्धानका क्रममा क्राइम ब्रान्चको प्राविधिक टोलीले धम्कीपूर्ण फोन कलको अडियो रेकर्डिङ परीक्षण गरेको छ। प्रहरीले आफ्नो डेटाबेसमा उपलब्ध ‘ह्यारी बक्सर’को आधिकारिक आवाजको नमुनासँग फोनमा सुनिएको आवाज तुलना गरेको थियो।
वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार दुवै आवाजबीच समानता नदेखिएपछि धम्की दिने व्यक्तिले नक्कली पहिचान प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा लरेन्स बिश्नोई गिरोहको नाम प्रयोग गरेर त्रास फैलाउने प्रयास भएको हुन सक्ने देखिएको छ। यद्यपि धम्की दिने व्यक्तिको वास्तविक पहिचान र घटनाको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
