चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोट रुकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँचजनाको प्रहरी टोलीले आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट ९ राडी आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याप बोलेरो जिप जाँच गर्ने क्रममा दुईजना व्यक्ति फेला परेका हुन्।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनले भने, ‘उनीहरू प्रहरीलाई देखेर भाग्न थालेपछि नियन्त्रणमा लिइएको हो।’
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका जबर्जस्ती करणी मुद्दाका अभियुक्त ३२ वर्षीय रामबहादुर विक र सल्यान जिल्लाको कुमाख गाउँपालिका–५ घर भएका जबर्जस्ती करणी कसुरमा कारागारमा रहेका २८ वर्षीय रेशम राना छन्।
अझै ६ जना कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ।
