• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सलमान र ऐश्वर्याका पुराना रोमान्टिक तस्बिर पोस्ट गर्दा भन्साली प्रोडक्सन्स ट्रोल

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
सलमान र ऐश्वर्याका पुराना रोमान्टिक तस्बिर पोस्ट गर्दा भन्साली प्रोडक्सन्स ट्रोल
0
SHARES
0
VIEWS

ल

काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या रायका पुराना प्रेमिल तस्बिर सार्वजनिक गरेपछि फिल्म निर्माता सञ्जय लीला भन्सालीको निर्माण कम्पनी भन्साली प्रोडक्सन्स सामाजिक सञ्जालमा आलोचनाको घेरामा परेको छ।

कम्पनीको आधिकारिक सामाजिक सञ्जाल पेजबाट सलमान र ऐश्वर्याका तीनवटा रोमान्टिक तस्बिर पोस्ट गरिएका थिए। उक्त तस्बिर चलचित्र ‘हम दिल दे चुके सनम’ छायांकनका क्रममा लिइएका हुन्।

एक समय बलिउडको चर्चित प्रेम जोडीका रूपमा परिचित सलमान र ऐश्वर्याको सम्बन्ध अहिले पूर्ण रूपमा टुटिसकेको छ। उनीहरूबीच लामो समयदेखि संवादसमेत नरहेको चर्चा हुँदै आएको छ।

सलमान खान आफ्नो फिल्मी करियरको उत्कर्षमा रहेका बेला ऐश्वर्या रायसँग प्रेम सम्बन्धमा थिए। उनीहरूको सम्बन्धले त्यसबेला बलिउडमा निकै चर्चा पाएको थियो। तर, विभिन्न उतारचढाव र विवादपछि अन्ततः दुवै अलग भएका थिए।

सम्बन्ध टुटेपछि सलमानको नाम विभिन्न अभिनेत्रीहरूसँग जोडिए पनि उनले अहिलेसम्म विवाह गरेका छैनन्। अर्कोतर्फ, ऐश्वर्याले अभिनेता अभिषेक बच्चनसँग विवाह गरिन्। उनीहरूकी एक छोरीसमेत छिन्।

विगतको विवादपूर्ण सम्बन्धका कारण सलमान र ऐश्वर्या सार्वजनिक कार्यक्रममा समेत एकअर्कासँग आमनेसामने हुन नचाहने गरेको चर्चा हुने गर्छ।

यस्तो पृष्ठभूमिमा भन्साली प्रोडक्सन्सले उनीहरूका पुराना रोमान्टिक तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।

तस्बिरसँगै कम्पनीले प्रेम र पुराना सम्झनासँग सम्बन्धित सन्देशसमेत राखेको थियो। तर, विशेषगरी ऐश्वर्याका प्रशंसकहरूले यस्तो पोस्टप्रति असन्तुष्टि जनाएका छन्।

सम्बन्धविच्छेदपछि सार्वजनिक रूपमा विवादमा आएका दुई कलाकारका पुराना प्रेमिल क्षणलाई पुनः चर्चामा ल्याउनुको औचित्यमाथि उनीहरूले प्रश्न उठाएका छन्। सम्बन्ध टुटेपछि ऐश्वर्याले सलमानमाथि गम्भीर आरोपसमेत लगाएकी थिइन्।

यद्यपि, सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे भन्साली प्रोडक्सन्सले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

Hashtags:

#SalmanKhan #AishwaryaRai #SanjayLeelaBhansali #BhansaliProductions #HumDilDeChukeSanam #BollywoodNews #EntertainmentNews #BollywoodGossip #SocialMediaTrending

Previous Post

एनपीएलमा इमरान शेखको अर्धशतक, लोकेश बमसँग विराटनगरको शतकीय साझेदारी

Next Post

नोभेम्बर ३ मा विश्वः सोभियत संघद्वारा ‘स्पुतनिक २’ मार्फत लाइका कुकुर अन्तरिक्षमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav