सप्तरङ्गी टीका सजाई लाउनुपर्छ बहिनी यसपालि नि भन्छौ होला दाइ, आउनुपर्छ बहिनी।
तिहारको झिलिमिली, देउसी–भैलो नाच्दै स्वरमा स्वर मिलाई गीत गाउनुपर्छ बहिनी।
विवशता छ, तिहारपछि फर्किहाल्नुपर्छ चट्ट सानो घर, छानो छाउनुपर्छ बहिनी।
घर छोडी परदेश जाने कसलाई रहर होला ? बल्लतल्ल मिलाई छुट्टी पाउनुपर्छ बहिनी।
स्वरमा स्वर मिलाई गीत गाउनुपर्छ बहिनी।

हाल : काठमाडौं