नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.४८ अंक, फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेका छन्।
१३ मध्ये नौ उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार सात अर्ब १८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। मंगलबार पाँच अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको एक करोड ५४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
मंगलबार ग्लोबल आइएमई बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब साढे १९ करोड र कुमारी बैंकको १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
आज शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ। रिभर फल्स पावरको सेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
