काठमान्डु गोर्खाजले सामाजिक सञ्जाल फेसबुकमार्फत भरतले व्यस्तताका कारण यस सिजन टोलीमा आबद्ध हुन नसक्ने जानकारी दिएको हो।
क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन्। हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौँ।’
३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए। उनले भारतीय राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका छन्।
टी–२० क्रिकेटमा पनि अनुभव हासिल गरेका भरतले अहिलेसम्म ९१ खेल खेल्दै एक हजार ८०० भन्दा बढी रन बनाएका छन्। विकेटकिपिङसँगै मध्यक्रममा ब्याटिङ गर्न सक्ने क्षमता भएका उनी टोलीका लागि उपयोगी खेलाडी मानिन्छन्।
भरत सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि जित्ने कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए।
उनको अनुपस्थितिले एनपीएलको आगामी सिजनका लागि काठमान्डु गोर्खाजको टोली संयोजनमा परिवर्तन गर्नुपर्ने भएको छ।
