• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भारतीय विदेश सचिवसँग भेट्दै प्रधानमन्त्री बालेन, पुरानो भेटघाट प्रोटोकलमा फेरबदल

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
भारतीय विदेश सचिवसँग भेट्दै प्रधानमन्त्री बालेन, पुरानो भेटघाट प्रोटोकलमा फेरबदल
0
SHARES
0
VIEWS

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेटवार्ता गर्ने भएका छन् । यससँगै प्रधानमन्त्रीले विदेशी अधिकारीहरूसँगको भेटका लागि यसअघि अपनाएको भनिएको प्रोटोकलमा परिवर्तन आएको देखिएको छ ।

दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर रायसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । यसबाहेक उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटको समय भने निश्चित भइनसकेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

यसअघि प्रधानमन्त्री बालेनले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी अधिकारीसँग भेट नगर्ने नीति अपनाएको चर्चा थियो । यही अडानका कारण भारतीय विदेश सचिव मिस्रीको यसअघिको प्रस्तावित नेपाल भ्रमणसमेत अन्तिम समयमा स्थगित भएको थियो । गत मे महिनामा तय भएको भ्रमण प्रधानमन्त्रीसँग भेटवार्ता हुन नसक्ने भएपछि रद्द भएको बताइएको थियो ।

त्यस समयमा प्रधानमन्त्रीको यस्तो अडानले नेपाल–भारत सम्बन्धमा समेत असहजता सिर्जना गरेको थियो ।

प्रधानमन्त्री बालेनले यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियासम्बन्धी विशेष दूत सर्जियो गोरसँग पनि भेट गरेका थिएनन् । विदेशी प्रतिनिधिसँगको भेटमा उच्च तहका अधिकारीलाई मात्र प्राथमिकता दिने उनको नीति रहेको बताइएको थियो ।

तर पछिल्लो समय प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । भारतीय विदेश सचिवसँग पनि भेट गर्ने तयारी भएपछि यसअघिको भेटघाटसम्बन्धी अभ्यासमा परिवर्तन आएको देखिएको छ ।

मिस्रीको भ्रमणलाई प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको तयारीसँग पनि जोडेर हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बालेन नोभेम्बरको अन्तिमतिर भारत जाने तयारीमा रहेको बताइएको छ । भ्रमण हुन सके यो उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ ।

भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, सीमापार सम्पर्क सञ्जाल र लगानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसका साथै लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग सम्बन्धित सीमा विवाद पनि दुई देशबीचको महत्वपूर्ण एजेन्डा बन्न सक्नेछ ।

भारत र चीनले लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमति गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदै आएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्नुका साथै साझा हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।

Previous Post

काठमान्डु गोर्खाजलाई झट्का, भारतीय पूर्व टेस्ट क्रिकेटर केएस भरतले एनपीएल नखेल्ने

Next Post

ओली–गगन संवादहीनता अन्त्य हुनुको कारण के ? मधेस सरकारदेखि विपक्षी एकतासम्म छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav