बुधबार बिहान काठमाडौं आइपुगेका मिस्रीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री खनालसँग भेटवार्ता गरेका हुन्।
सो अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने तथा दुई देशबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नेलगायत विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन्। दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको थियो।
सचिव मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आसन्न भारत भ्रमणलगायतका विषयमा छलफल गर्ने भएका छन्। बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने तय भएको छ।
