• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कन्सासमा डेमोक्र्याटको ऐतिहासिक जित, झन्डै ९४ वर्षपछि सिनेटमा फर्कियो पार्टी

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
कन्सासमा डेमोक्र्याटको ऐतिहासिक जित, झन्डै ९४ वर्षपछि सिनेटमा फर्कियो पार्टी
0
SHARES
1
VIEWS

कन्सास । अमेरिकी राज्य कन्सासमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार एडम ह्यामिल्टनले ऐतिहासिक सफलता हासिल गरेका छन् । उनले रिपब्लिकन पार्टीका बहालवाला सिनेटर रोजर मार्सललाई पराजित गर्दै अमेरिकी सिनेटको यात्रा तय गरेका हुन् ।

रिपब्लिकनको बलियो प्रभाव रहेको कन्सासमा सन् १९३२ यता डेमोक्र्याटिक उम्मेदवारले सिनेटको सिट जित्न सकेका थिएनन् । लामो समयदेखिको राजनीतिक इतिहास उल्ट्याउँदै ह्यामिल्टनले हासिल गरेको जितलाई यसपटकको निर्वाचनको अप्रत्याशित परिणामका रूपमा हेरिएको छ ।

अमेरिकी सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने हिसाबले पनि यो प्रतिस्पर्धा महत्त्वपूर्ण मानिएको थियो । चुनावी अभियानका क्रममा ह्यामिल्टनले धार्मिक आस्थासँगै सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिएका थिए । विशेषगरी महँगी, इन्धनको मूल्यवृद्धि र त्यसले कृषि तथा यातायात क्षेत्रमा पारेको प्रभाव उनका प्रमुख चुनावी मुद्दा बनेका थिए ।

युनाइटेड मेथोडिस्ट चर्चका संस्थापक तथा पादरीसमेत रहेका ह्यामिल्टनले चुनावी अभियानमा लोकतन्त्रको रक्षालाई पनि जोड दिएका थिए । उनले चुनावी प्रचारका क्रममा राजनीति र धर्मबारे खुलेर छलफल गर्नुपर्ने बताउँदै आगामी दुई वर्ष देशका लागि महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।

ट्रम्पनिकट मार्सललाई धक्का

ह्यामिल्टनसँग पराजित भएका रिपब्लिकन उम्मेदवार रोजर मार्सल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट समर्थक मानिन्छन् । मार्सललाई जिताउन ट्रम्प स्वयंले पनि चुनावी सभामा सहभागी भएर प्रचार गरेका थिए ।

पेशाले चिकित्सक रहेका मार्सलले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने र कृषकलाई सहयोग गर्ने प्रतिबद्धता अघि सारेका थिए । तर, ट्रम्प प्रशासनको बजेट कटौतीसम्बन्धी निर्णयको समर्थन, कोरोना महामारीका बेला मास्क अनिवार्य गर्ने व्यवस्थाको विरोध र विवादित स्वास्थ्य नीतिप्रतिको उनको भूमिकाले आलोचना खेप्नुपरेको थियो ।

यसैबीच, चिकित्सकका रूपमा काम गर्दा उपचार खर्च नतिरेको आरोपमा आफ्नै करिब ७०० पूर्वबिरामीविरुद्ध मुद्दा दायर गरेको विषय सार्वजनिक भएपछि मार्सल थप विवादमा परेका थिए । ‘द न्यूयोर्क टाइम्स’ले यसबारे समाचार प्रकाशित गरेको थियो । उक्त विषयलाई ह्यामिल्टनको चुनावी टोलीले प्रचार सामग्रीमा समेत प्रमुखताका साथ उठाएको थियो ।

कन्सासको चुनावमा ११० मिलियन डलर खर्च

यसपटकको सिनेट निर्वाचन कन्सासको इतिहासमै सबैभन्दा महँगो चुनावी प्रतिस्पर्धा बनेको छ । एसोसिएटेड प्रेसका अनुसार चुनावी अभियानमा कुल ११० मिलियन अमेरिकी डलर खर्च भएको छ ।

रिपब्लिकनको परम्परागत प्रभाव रहेको राज्यमा डेमोक्र्याटिक उम्मेदवारको जित र चुनावमा भएको ठूलो खर्चले यस प्रतिस्पर्धालाई अमेरिकी राजनीतिक वृत्तमा थप चर्चित बनाएको छ ।

Previous Post

भारतीय विदेश सचिव मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

Next Post

 मधेसी राजनीतिमा युवा नेतृत्वको बहस तीव्र, पुराना दलको विकल्प खोज्नुपर्नेमा जोड

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav