काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्राप्त गरेको सफलताले मतदाताको परिवर्तनप्रतिको चाहना प्रकट गरेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै ओबामाले अमेरिकी नागरिक विभाजनकारी राजनीतिभन्दा एकतामा आधारित नेतृत्वको पक्षमा रहेको उल्लेख गरेका छन् । नागरिकले भोगिरहेका समस्याको व्यावहारिक समाधान दिन सक्ने नेतृत्व उनीहरूको प्राथमिकतामा रहेको ओबामाको भनाइ छ ।
उनले निर्वाचन परिणामले अमेरिकी जनताको चाहना स्पष्ट पारेको भन्दै सामाजिक तथा राजनीतिक विभाजन अन्त्य गरी साझा मुद्दामा केन्द्रित हुनुपर्ने सन्देश दिएको बताएका छन् ।
यसअघि ओबामाले मिसिगन र जर्जियालगायत प्रतिस्पर्धात्मक राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा चुनावी प्रचार गरेका थिए ।
निर्वाचनपछि पार्टीको आगामी जिम्मेवारीबारे धारणा राख्दै उनले अझ सक्रिय भएर काम गर्नुपर्ने बताएका छन् । सम्भव भएका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने, थप क्षति रोक्ने र भविष्यका लागि बलियो आधार निर्माण गर्ने अब पार्टीको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।
