काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई बिहीबार साँझ ५ः४५ बजे दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ। गृह मन्त्रालयले त्यसका लागि औपचारिक कार्यक्रम तय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार केसीले सुरुमा बिहीबार बिहान मात्रै दर्ज्यानी चिह्न ग्रहण गरेर पदभार सम्हाल्ने इच्छा व्यक्त गरेका थिए। तर गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उनी आजै फुली लगाएर जिम्मेवारी सम्हाल्न तयार भएका हुन्।
दर्ज्यानी चिह्न प्रदान गरेपछि नवनियुक्त प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालय पुर्याउने तयारीसमेत गरिएको छ। त्यसका लागि औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
केसीको स्वागत तथा पदबहाली समारोहका लागि प्रहरी प्रधान कार्यालयमा आवश्यक तयारी सुरु गरिएको छ।
