सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्ने, तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताउनुले सरकार कसको निर्देशनमा चलिरहेको छ ? भनेरसमेत उनले सोधेका छन् ।
‘सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? अझ गम्भीर विषय एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गर्छ, तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्छ। अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले भनेका छन् ।
जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको, त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि भएको उल्लेख गर्दै उनले सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न नभएको बताएका छन् । ‘र, अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले भनेका छन् ।
