सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको छ।
दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन्।
प्रधानमन्त्री साहसँगको भेटमा मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा दुई देशबीचको आपसी हित, पारवहन तथा कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धलगायत विभिन्न विषयमा सकारात्मक छलफल भएको थियो।
भारतीय विदेश सचिवको यस भ्रमणलाई नेपाल–भारत कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुई देशबीच रहेका विभिन्न विषयमा समझदारी कायम गर्न र उच्चस्तरीय संवादलाई निरन्तरता दिन यस्ता भ्रमणले सहयोग पुर्याउने कूटनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ।
