• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

 चार हजार करोडको बजेटमा बनेको ‘रामायण पार्ट–१’ प्रदर्शनमा, भव्य दृश्य तर कमजोर भावनात्मक पक्ष

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
 चार हजार करोडको बजेटमा बनेको ‘रामायण पार्ट–१’ प्रदर्शनमा, भव्य दृश्य तर कमजोर भावनात्मक पक्ष
0
SHARES
0
VIEWS

नयाँदिल्ली । बलिउडको बहुप्रतीक्षित चलचित्र ‘रामायण पार्ट–१’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्देशक नितेश तिवारीको निर्देशन र नमित मल्होत्राको निर्माणमा तयार भएको चलचित्रले अत्याधुनिक दृश्य प्रभाव (भीएफएक्स) र भव्य प्रस्तुतिमार्फत रामायणको कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको छ ।

करिब चार हजार करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको यो चलचित्र भारतीय फिल्म उद्योगकै सबैभन्दा महँगो परियोजनामध्ये एक हो । ठूलो बजेट, चर्चित कलाकार र अत्याधुनिक प्रविधिका कारण चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ निकै चर्चा पाएको थियो ।

चलचित्रमा रणबीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, रवि दुबे लक्ष्मण, अरुण गोविल दशरथ, रकुल प्रीत शूर्पणखा र लारा दत्ता कैकेयीको भूमिकामा देखिएका छन् । अनुपम खेरले भने जटायुको आवाज दिएका छन् ।

चलचित्रको कथा रावणको जन्म, तपस्या, शक्ति प्राप्ति र लंकामाथिको विजयबाट सुरु हुन्छ । त्यसपछि कथाले अयोध्याको परिवेश समेट्दै रामको जन्मदेखि वनवाससम्मका घटनालाई प्रस्तुत गरेको छ ।

फिल्म समीक्षक आकाश खरेका अनुसार चलचित्रको प्रमुख आकर्षण यसको दृश्य प्रस्तुति र भीएफएक्स हो । लंका, अयोध्या, वनजङ्गल तथा देवता र असुरबीचका युद्ध दृश्यलाई भव्य रूपमा देखाइएको छ । विशेषगरी जटायु र रावणबीचको युद्धलाई चलचित्रको उत्कृष्ट पक्षका रूपमा हेरिएको छ ।

अभिनयका हिसाबले यश र अरुण गोविलको प्रस्तुति बढी प्रभावशाली रहेको समीक्षकहरूको टिप्पणी छ । यशले रावणको शक्ति, अहंकार र व्यक्तित्वलाई प्रभावकारी ढङ्गले उतारेका छन् भने दशरथको भूमिकामा अरुण गोविलको अभिनयले भावनात्मक प्रभाव छाडेको बताइएको छ ।

तर, रामको भूमिकामा रणबीर कपूरको अभिनय भने अपेक्षाअनुसार सशक्त हुन नसकेको समीक्षा गरिएको छ । रामको शालीनता र व्यक्तित्व प्रस्तुत गर्ने प्रयास भए पनि केही दृश्यमा उनको अभिनय स्वाभाविक देखिन नसकेको समीक्षकको भनाइ छ ।

सीताको भूमिकामा साई पल्लवीको अभिनय औसत रहेको र राम–सीताबीचको भावनात्मक सम्बन्धलाई पर्दामा प्रभावकारी रूपमा स्थापित गर्न नसकिएको टिप्पणी गरिएको छ । त्यस्तै, लक्ष्मणको भूमिकामा रवि दुबेको अभिनय र संवादमा पनि कमजोरी औँल्याइएको छ ।

चलचित्रमा पात्रहरूको विकास र भावनात्मक पक्षलाई पर्याप्त महत्त्व नदिइएको समीक्षकहरूको निष्कर्ष छ । विशेषगरी राम र सीताको सम्बन्ध तथा सहायक पात्रहरूको भूमिकालाई थप विस्तार गर्न सकिने उनीहरूको धारणा छ ।

सङ्गीतकार एआर रहमान र हान्स जिमरको पृष्ठभूमि सङ्गीतले पनि दर्शकमा अपेक्षित प्रभाव पार्न नसकेको समीक्षा सार्वजनिक भएका छन् ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समीक्षाअनुसार अधिकांशले चलचित्रलाई पाँचमध्ये तीन तारा दिएका छन् । दृश्य प्रभाव, प्रविधि र भव्यताका दृष्टिले चलचित्र आकर्षक रहे पनि कथाको भावनात्मक गहिराइ र पात्रबीचको सम्बन्धमार्फत दर्शकको मन जित्न भने कमजोर देखिएको समीक्षकहरूको मूल्याङ्कन छ ।

Previous Post

गगन थापामाथि निगरानी भइरहेको चर्चा, सीआईबी भन्छ– कुनै निर्देशन आएको छैन

Next Post

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम जम्मा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav