• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जलवायु सङ्कटबाट बालबालिकालाई जोगाउन थप लगानी आवश्यक : युनिसेफ

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
जलवायु सङ्कटबाट बालबालिकालाई जोगाउन थप लगानी आवश्यक : युनिसेफ
0
SHARES
0
VIEWS

काठमाडौं । नेपालमा जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्न थालेको भन्दै संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बालबालिकामैत्री जलवायु कार्यक्रम र नीतिमा लगानी बढाउन सरकारलाई सुझाव दिएको छ ।

युनिसेफले सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनमा नेपालका लाखौँ बालबालिका जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख छ । यस्ता जोखिमले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर चुनौती थपिरहेको प्रतिवेदनले औँल्याएको छ ।

जलवायु परिवर्तनले बालबालिकाको वर्तमान अवस्था र दीर्घकालीन भविष्यमा पारिरहेको प्रभावलाई उजागर गर्दै प्रतिवेदनले सरकारी नीति, बजेट र कार्यक्रममा बालबालिकाको आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

प्रतिवेदनअनुसार नेपालमा करिब ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसले खानेपानीको उपलब्धता, कृषि उत्पादन, जीविकोपार्जन र पोषणमा असर पार्न सक्ने देखिएको छ । त्यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् भने २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेका छन् ।

युनिसेफले जलवायु परिवर्तनका कारण बालबालिका प्रत्यक्ष प्रभावित हुनुका साथै उनीहरूका लागि आवश्यक आधारभूत सेवासमेत दबाबमा परेको जनाएको छ ।

युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले जलवायु सङ्कट बालअधिकारको सङ्कटमा रूपान्तरण हुँदै गएको बताइन् । जलवायु परिवर्तन गराउन बालबालिकाको भूमिका नगण्य भए पनि यसको सबैभन्दा ठूलो असर उनीहरूले नै भोग्नुपरेको उनको भनाइ छ ।

उनले बाढी, खडेरी, अत्यधिक गर्मी र प्रदूषणका घटनाले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा सुरक्षामा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरिन् ।

प्रतिवेदनले जलवायु परिवर्तनको असर सबै बालबालिकामा समान रूपमा नपर्ने पनि स्पष्ट पारेको छ । गरिब परिवारका बालबालिका, बालिका, अपाङ्गता भएका बालबालिका, सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, नेपाल सरकारले यही महिना आयोजित राष्ट्रिय जलवायु सम्मेलनका क्रममा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ औपचारिक रूपमा अनुमोदन गरेको छ । युनिसेफले यसलाई बालबालिका तथा युवालाई केन्द्रमा राखेर जलवायु कार्य अघि बढाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।

#UNICEF #ClimateChange #ChildRights #ClimateAction #Nepal #DreamNewsNetwork

Previous Post

अब्दुल एल-सयद अमेरिकी सिनेटमा निर्वाचित पहिलो मुस्लिम

Next Post

मधेसमा अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा दायर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav