१९ कात्तिक, रूपन्देही । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार सम्मरीमाई गाउँपालिका–६, रुदलापुर निवासी ७० वर्षीय धन्नि कुर्मी बिहीबार सोही स्थानको खेतमा मृत भेटिएका हुन्।
घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
