प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ७ बजे मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि दुर्घटना भएको थियो।
आँखा अस्पतालबाट सडक पार गरी लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ गइरहेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताल पुर्याइएको थियो। तर, बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
तिमल्सिना काठमाडौंको शंखरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ निवासी ३० वर्षीय राजकुमार महतो रहेका छन्।
