• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको लगातार तेस्रो जित, प्लेअफ सम्भावना बलियो

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको लगातार तेस्रो जित, प्लेअफ सम्भावना बलियो
0
SHARES
0
VIEWS

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले लगातार तेस्रो जित निकालेको हो।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। यससँगै चार खेलबाट सात अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। जारी प्रतियोगितामा लुम्बिनी हालसम्म अपराजित रहने एक्लो टोली हो।

जनकपुरका लागि कप्तान हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए। त्यस्तै, आदित्य महताले ३०, सइफ हसनले २८ र ओपनर तृतराज दासले १८ रनको योगदान दिए। तर, अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा जनकपुर लक्ष्यसम्म पुग्न सकेन।

लुम्बिनीको बलिङमा डार्सी सटले तीन विकेट लिए भने शेर मल्ल र तिलक भण्डारीले दुई-दुई विकेट हात पारे। रुबेन ट्रम्पलमेनले एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा जनकपुरले सुरुदेखि नै दबाब झेल्नुपरेको थियो। दोस्रो ओभरको पहिलो बलमै विकेटकिपर पर्भेज हुसेनलाई एक रनमा गुमाएको जनकपुरले त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमायो। ट्रम्पलमेनले उनलाई एलबिडब्लु आउट गरेका थिए।

दोस्रो विकेटका लागि तृतराज दास र सइफ हसनले ३६ रनको साझेदारी गरे। त्यसपछि आठौँ विकेटका लागि हरमीत सिंह र आदित्य महताले ४३ रन जोड्दै टोलीलाई जितको आशा दिलाएका थिए।

तर, १८औँ ओभरमा हरमीत आउट भएपछि जनकपुरको जित्ने सम्भावना कमजोर बन्यो। त्यसपछि लुम्बिनीका बलरले थप दबाब सिर्जना गर्दै टोलीलाई जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सात विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३४ रन जोडे।

लुम्बिनीको सुरुआत भने राम्रो हुन सकेन। इनिङको पहिलो बलमै ओपनर डार्सी सट गोल्डेन डक आउट भए। जनकपुरका स्पिनर ललित राजवंशीले उनलाई बोल्ड गरेका थिए।

त्यसपछि आसिफ शेख र निरोसन डिकवेलाले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले। आसिफले २१ रन बनाए भने डिकवेलाले २७ बलमा २७ रन जोडे। उनको इनिङमा दुई चौका र एक छक्का समावेश थियो।

त्यसपछि दिलीप नाथले आक्रामक ब्याटिङ गर्दै १६ बलमा २५ रन बनाए। उनले दुई चौका र दुई छक्का प्रहार गरे। १३.२ ओभरमा ८७ रन बनाउँदा चार विकेट गुमाएको लुम्बिनीका लागि कप्तान रोहित र समिम हुसेनले पाँचौँ विकेटका लागि ३० रनको साझेदारी गरे।

समिम १३ रन बनाएर आउट भए। त्यसपछि सन्दीप जोराले नौ रन जोडे। अन्तिम ओभरमा ट्रम्पलमेनले आठ बलमा तीन छक्कासहित १५ रन बनाए। उनी रनआउट भए।

जनकपुरको बलिङमा विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए। कप्तान हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक-एक विकेट लिए।

लुम्बिनीले यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो। दोस्रो खेलमा चितवन राइनोजसँग वर्षाका कारण अंक बाँडेको लुम्बिनीले तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको थियो।

यता जनकपुरको भने पाँच खेलमा यो तेस्रो हार हो। प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो। चौथो खेलमा विराटनगर किङ्ससँग दुई रनले पराजित भएको जनकपुरले पाँचौँ खेलमा पनि हार टार्न सकेन।

Previous Post

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, संसदीय सुनुवाइ शुक्रबारदेखि

Next Post

सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav