• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रवि–बालेनबीच बढ्दो दूरीप्रति बाबुरामको चिन्ता, इतिहासबाट पाठ सिक्न सुझाव

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
सत्तारुढ दलभित्र बढ्दो असमझदारी लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. भट्टराई
0
SHARES
0
VIEWS

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच देखिएको भनिएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन्। सत्तारूढ दल र सरकारबीचको मतभिन्नता सार्वजनिक हुन थाल्नु देश र लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको उनको टिप्पणी छ।

पछिल्लो समय रास्वपाको नेतृत्व र सरकारबीच सम्बन्ध चिसिएको तथा विवाद बढेको चर्चा भइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

रवि लामिछाने र बालेन शाहको तस्बिर सार्वजनिक गर्दै उनले सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी बाहिर आउनु चिन्ताजनक रहेको उल्लेख गरेका छन्।

आफ्नो टिप्पणीमा भट्टराईले नेपालको राजनीतिक इतिहासमा विभिन्न दलभित्र देखिएका गुटगत संघर्ष र विभाजनका घटनासमेत स्मरण गराएका छन्। उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइरालाबीच देखिएको मतभेद, २०४७ पछि कांग्रेसमा बनेका ७४ र ३६ समूह तथा २०५८ पछिको गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा पक्षबीचको संघर्षलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

त्यस्तै, २०५२ पछि नेकपा एमालेभित्र महाकाली सन्धिको समर्थन र विरोधमा देखिएको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको रणनीतिलाई लिएर उत्पन्न भएको अन्तरसंघर्षले मुलुकलाई नोक्सानी पुर्‍याएको उनको विश्लेषण छ।

इतिहासमा भएका राजनीतिक गल्ती पुनः दोहोरिन सक्ने चेतावनी दिँदै भट्टराईले जेनजी आन्दोलनको पृष्ठभूमिबाट उदाएको युवा नेतृत्वको पार्टी र सरकारले विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने बताएका छन्।

उनले नयाँ राजनीतिक शक्तिले पुराना दलहरूको विभाजन र आन्तरिक द्वन्द्वको बाटो पछ्याउनुको सट्टा विगतका अनुभवबाट सिकेर देशका लागि नयाँ राजनीतिक इतिहास निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

 

Previous Post

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै कर्णाली

Next Post

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav