• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्टक सकिएपछि राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, चाँदीका मेडालियन भने पाइने

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
स्टक सकिएपछि राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, चाँदीका मेडालियन भने पाइने
0
SHARES
0
VIEWS

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। बिक्रीका लागि राखिएको सुनको मौज्दात बिहीबार नै सकिएपछि केन्द्रीय बैंकले शुक्रबार असर्फी बिक्री स्थगित गरेको हो।

राष्ट्र बैंकले तिहार तथा धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुनचाँदीका असर्फी र मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन सर्वसाधारण तथा बैंकका कर्मचारीसमेत गरी करिब ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएको थियो।

राष्ट्र बैंकले हरेक वर्ष धनतेरसका अवसरमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ। गत वर्ष सुनको मौज्दात नभएका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो। यस वर्ष भने केन्द्रीय बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी सुनका असर्फीसमेत बिक्रीमा ल्याएको थियो।

तर, प्रक्रियागत जटिलता र अन्य व्यवस्थापनसम्बन्धी समस्याका कारण बिक्रीयोग्य असर्फीको परिमाण सीमित रहेकाले पहिलो दिनमै मौज्दात सकिएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए।

बिहीबार राष्ट्र बैंकले एक व्यक्तिलाई बढीमा एकवटा सुनको असर्फी र दुईवटा चाँदीका मेडालियन बिक्री गरेको थियो। सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलका छन्।

पहिलो दिन सुनको एउटा असर्फीको मूल्य ६५ हजार ४०० रुपैयाँ र एउटा चाँदीको मेडालियनको मूल्य ३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो।

शुक्रबार सुनका असर्फी बिक्री नहुने भए पनि चाँदीका मेडालियन भने उपलब्ध हुनेछन्। राष्ट्र बैंकले शुक्रबारका लागि प्रतिमेडालियन ३ हजार ७०० रुपैयाँ मूल्य तोकेको छ।

Previous Post

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी मुद्दा फेरि सर्‍यो

Next Post

नेपालमा क्षयरोगको लुकेको जोखिम नियन्त्रण गर्न आधुनिक प्रविधिमा जोड

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav